April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने काठमाडौँ आइपुगे कतारका राजा ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै

एमडीएमएस प्रणालीले बनायो अन्योल

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १५:४५
एमडीएमएस प्रणालीले बनायो अन्योल

काठमाडौं । गत ३० भदौपछि एमडीएमएस प्रणाली आंशिक कार्यान्वयनमा आएपछि भन्सार नतिरी नेपाल भित्रिएका सबै फोनलाई सरकारले एमडीएमएसको खैरो सूची (ग्रे लिस्ट) मा राखेको छ । ती फोनहरु अब कसरी सेतो सूची (ह्वाइट लिस्ट)मा जान्छन् भन्ने अन्योल छ । ती फोनको दर्ता गर्नुपर्ने वा नपर्नेबारे पनि अनिश्चितता छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अब विदेशबाट आफन्त, साथीभाइ र अन्यले ल्याएको फोनको ‘आईएमईआई’ नम्बर दर्ता नगरी अब नेपालमा चलाउन पाइने छैन । तर, श्रम इजाजत लिएर गएकाल ६ महिनाभन्दा बढी सयम विदेश बसेकाले विमानस्थल भन्सारमा घोषणा गरेर प्रज्ञापनपत्र प्राप्त गरी ल्याएको दोस्रो फोनको भने आईएमईआई दर्ता गर्नुपर्ने छैन ।

अन्य अवस्थामा विदेशबाट ल्याएको फोन एमडीएमएसको अनलाइन प्रणालीबाट विदेश गएको प्रमाणसहित दर्ता नगरे सिम हालेको १५ दिनपछि नेपालमा निष्क्रिय हुनेछ ।

एमडीएमएस प्रणाली लागु भएसँगै आइतबार (३१ वैशाख) सम्म आएका फोन स्वतः प्रणालीमा ‘परिचत’ फोनका रुपमा त देखिएका छन् । तर, ३० भदौ २०७९ देखि ३१ वैशाख २०८० सम्म भन्सार नतिरी विदेशबाट ल्याइएका फोनहरु ‘ग्रे लिस्ट’ (खैरो सूची) मा परेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रका अनुसार ८० लाख ६१ हजार मोबाइल आईएमईआई नम्बरहरु प्रणालीमा देखिए पनि दर्ता भएका छैनन् । यी सबै आईएमईआई ग्रे लिस्टमा छन् ।

समान्यतयाः एउटा फोनमा २ वटा आईएमईआई नम्बर हुन्छन् । केहीमा नहुन पनि सक्छ । यसअनुसार करिब ५० लाखभन्दा बढी फोन अहिले ग्रे लिस्टमा रहेको अनुमान प्राधिकरणको छ ।

 

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।