July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नक्कली भुटानी शरणार्थीले सक्कली भुटानीलाई असर पार्यो

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १३:१८
नक्कली भुटानी शरणार्थीले सक्कली भुटानीलाई असर पार्यो

काठमाडौं । नेपालमा रहेका भुटानी शरणार्थीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण आफूहरु मारमा परेको बताएका छन् ।

भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यबाहक अध्यक्ष तिलक राईले विज्ञप्ति जारी गर्दै आफूहरुको शरणार्थी परिचयपत्र ८ महिनादेखि नवीकरण नहुँदा परिचयविहीन बन्नुपरेको बताएका छन् ।

नवीकरणमा ढिलासुस्ती गरेर गैरभुटानीलाई भुटानी शरणार्थी बनाइने हो कि भन्ने आशंकासमेत भएको भन्दै कार्यबाहक अध्यक्ष राईले अविलम्ब परिचयपत्र वितरण गर्न माग गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र, निष्पक्ष छानबिन आयोग गठन गरी दोषीमाथि कारबाही गर्न पनि राईले माग गरेका छन् ।

भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका कार्यबाहक अध्यक्ष राईले स्वदेश फिर्ती र परिवार मिलनको प्रतीक्षामा रहेका ६ हजार ५०० र पञ्जीकृत हुन बाँकी भुटानीको हितलाई ध्यानमा राख्नसमेत सरकारसँग माग गरेका छन् ।

उनले भुटानी शरणार्थी समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि सरोकारवालाबीच वार्ताका लागि पहल गरिदिन सरकारसँग मागसमेत गरेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १३:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट