March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु

बिरामीको मृत्युपछि,फार्मेसी तोडफोड, १० लाखमा सहमति

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १६:५९
बिरामीको मृत्युपछि,फार्मेसी तोडफोड, १० लाखमा सहमति

काठमाडौं । बिरामीको मृत्युको विषयलाई लिएर आफन्तले फार्मेसी तोडफोड गरेपछि बसुन्धरास्थित ग्रिन सिटी अस्पतालले उपचार शुल्क मिनाहा र १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

फोक्सोमा पानी जमेका कारण उपचारका लागि गत आइतबार गोरखाका ६२ वर्षीय लोकनाथ भट्टको सोमबार दिउँसो मृत्यु भएको थियो । तर, मृतकका आफन्तले भने म्याद सकिएको औषधिका कारण मृत्यु भएको आरोप लगाएका छन् । ‘हिजो दिँउसो अस्पतालले मृत्यु भएको जानकारी दियो । हामीले बाँकी रहेको औषधि फिर्ता गर्न फार्मेसीमा जाँदा म्याद सकिएको भन्दै फिर्ता लिन मानेन’, मृतकका आफन्त अञ्जन पेनरूले भने, ‘यसरी कसैको ज्यानमाथि खेलबाड गर्न पाइन्छ ?’

आफन्तले भने अस्पतालको फार्मेसीले दिएको म्याद सकिएको औषधिकै कारण मृत्यु भएको भन्दै साँझ पाँच बजेतिर फार्मेसी तोडफोड गरेका थिए । फार्मेसीमा तोडफोड हुन थालेपछि नजिकै रहेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । हाल प्रहरीले म्याद गुज्रिएको औषधि बिक्री गरेको आरोपमा फार्मेसीमा कार्यरत एक जनालाई नियन्त्रणमा लिएको छ । तोडफोडपछि अहिले अस्पतालको फार्मेसी बन्द गरिएको छ ।

सोमबार बेलुका नै अस्पताल प्रशासन र मृतकका आफन्तबीच सम्झौता भएपछि भट्टको अन्तिम संस्कार पनि भइसकेको छ । मृतकका आफन्त पनेरूका अनुसार उपचारमा गर्दा लागेको साढे दुई लाख रुपैयाँ र थप १० लाख क्षर्तिपूर्तिसहित सम्झौता भएको छ । अस्पताल प्रशासनले भने मृतकलाई दिएको औषधिमा समस्या नदेखिएको जिकिर गरेको छ । ‘मृतकलाई दिएको औषधिमा कुनै समस्या देखिएको छैन ।

आईसीयूमा भएका बिरामीलाई संवेदशील रुपमा हेरिन्छ । तर, फार्मेसीमा फिर्ता गरिएको औषधिमा भने म्याद सकिएको भेटियो’, अस्पताल व्यवस्थापक मनिष दवाडीले भने, ‘औषधि व्यवस्था विभागले पनि अनुगमन गरेको छ । पछि, केही निष्कर्ष आउँला ।’

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १६:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट