July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

सांसदको गुनासो : मन्त्री फोन न उठाउने, कर्मचारी बिना कमिसन काम गर्दैनन्,

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १७:१८
सांसदको गुनासो : मन्त्री फोन न उठाउने, कर्मचारी बिना कमिसन काम गर्दैनन्,

जनकपुरधाम । मधेश प्रदेशका सांसद माला कर्णले कर्मचारीले कमिसन बनिा काम नगरिदिने गुनासो गरेकी छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रकी सांसद कर्णले कमिसनका कारण धेरै बजेटहरु कार्यान्वय नभएको गुनासो गरेकी हुन् । ‘कर्मचारी बिना पिसी काम गरिदिँदैनन् । भ्रष्टाचार छानबिन उच्च स्तरीय समितिमा म पनि छु । तर पिसी र कमिसनको कारण धेरै बजेटहरु रोकिएको छ’, उनले भनिन् ‘भ्रष्टाचार नियन्त्रणमाथि सरकारको ध्यान जाओस् ।’

उनले सत्ता पक्षको सांसद हुँदा समेत आफूलाई सरकारको अनुभूति नभएको समेत गुनासो गरिन् ।

 

‘मन्त्रीलाई फोन गर्दा उठदैन । हामीलाई अनुभूति हुने गरी काम होस्, व्यवस्था होस् । हामीलाई काम दिइयोस् । हामी बेकामका छौं’, उनले भनिन् । संसदीय विकास कोषमा कर्मचारीको मनोमानी रहेको आरोप लगाउँदै उनले कर्मचारीले आफू अनुकुल नहुँदा भुक्तानी पनि नदिने गरेको बताइन् । यस्तै एमालेका प्रमुख सचेतक लखन दासले एक मन्त्रीलाई १८ पटकसम्म फोन गर्दा समेत फोन नउठाएको गुनासो गरे ।

‘बल्ल १८ औं पटकपछि फोन उठाउनु भयो । अनि मैले आफ्नो नाम भनेपछि अब सेभ गर्छु भन्नुभयो । कति दुःखको कुरा हो, एमाले जस्तो ठूलो दलको सचेतकको फोन उठ्दैन’, उनले भने ।

 

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० १७:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट