May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

आरजु राणाले दिइन् सभापतिमा उम्मेदवारी 

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १५:३३
आरजु राणाले दिइन् सभापतिमा उम्मेदवारी 
  • कांग्रेसकी सांसद आरजु राणाले सभापतिमा दिइन् उम्मेदवारी 
  • प्रतिनिधिसभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरे

काठमाडौं ।।

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् ।

प्रमुख दहरुले प्रतिनिधिसभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए । जस अनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।

दलहरुबीच सहमति भएपछि संघीय संसद सचिवालयले समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाएका थिए । सोही क्रममा आइतबार दलहरुले उम्मेदवारी दिइरहेका छन् ।

कांग्रेसले पाएका ४ वटा समितिमध्ये आइतबार दिउँसो २ जनाले मात्र उम्मेदवारी दर्ता गराएका हुन् । संसदीय सुनुवाइ समिति र अर्थ समितिमा कांग्रेसले अहिलेसम्म उम्मेदवारी दिएको छैन ।

 

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १५:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट