May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अदालतसित नभई सरकारसँग गुनासो छ : रेशम चौधरी

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १0:३३
अदालतसित नभई सरकारसँग गुनासो छ : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका पदाधिकारीको बैठक आज बस्दै छ । काठमाडौंमा उपलब्ध पदाधिकारीको बैठक बस्न लागेको पार्टीका महासचिव रतन थापाले जानकारी दिए ।

दिउँसो १ बजे काठमाडौंमै बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने उनले बताए । उक्त बैठकमा सरकारमा रहने-नरहने विषयमा पनि छलफल गरिनेछ ।

सरकार छाड्ने-नछाड्ने विषयमा टुंगोमा पुग्न बाँकी रहेको उनले बताए । परिस्थिति हेरेर निर्णय लिइने उनको भनाइ छ ।

“सरकारका विषयमा दुई-तीन दिन हेरौँ भन्ने छ । निर्णय गरिसकेका छैनौँ,” “आज काठमाडौंमा उपलब्ध पदाधिकारीको बैठक बस्दै छौँ । त्यहाँ पनि हामी सल्लाह गर्छौँ । छलफल गरेर अघि बढ्छौँ ।”

नागरिक उन्मुक्तिका पदाधिकारीले पार्टीका संस्थापक नेता रेशम चौधरीसित पनि विभिन्न विषयमा कुराकानी गरिरहेका छन् । टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका चौधरीसित आफूहरूको कुराकानी भइरहेको उनले बताए ।

हिजो पनि चौधरीसित आफूहरूको कुराकानी भएको उनले जानकारी दिए । त्यसक्रममा चौधरीले आफ्नो सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसलाको विरोध नगर्ने र स्वीकार गर्ने बताएको उनको भनाइ छ ।

“अदालतको आदेश मान्नैपर्यो, चित्त बुझे पनि नबुझे पनि, विरोध नगर्ने, त्यसको विपक्षमा नबोल्ने भन्नुभएको छ,” चौधरीको भनाइ उद्धृत गर्दै थापाले भने, “सरकारले हामीलाई गुमराहमा राख्यो, लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गरिदिएन भन्नुभयो । संयम नगुमाऔँ भन्ने उहाँको कुरा छ ।”

अदालतसित नभई सरकारसँग आफूहरूको गुनासो रहेको उनले बताए । राजनीतिक मुद्दालाई सोहीअनुसार निरूपण गर्नुपर्ने र त्यसका लागि दबाब दिइने महासचिव थापाको भनाइ छ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट