April 16, 2025 | बुधबार, बैशाख ४, २०८२
सुचनाहरु
कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन कक्षा १२ को परिक्षा वैशाख ११ देखि, तर शिक्षक सहभागी नहुने आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई

७ वर्षपछि निर्दोष सावित, व्यवसायमै फर्किए

  • साझा परिवेश
  • शनिबार, जेष्ठ ६, २०८० ११:0९
७ वर्षपछि निर्दोष सावित, व्यवसायमै फर्किए

६ जेठ, धनगढी ।

कैलालीको भजनी नगरपालिका-६ को नवलपुरका सन्तकुुमार चौधरी ७ वर्षको काराबासपछि पुरानै पेसा, व्यवसायमा फर्किएका छन् ।

गाउँघरमा सीतारामको नामले परिचित सन्तकुमारलाई २०७२ सालमा भएको टीकापुर घटनामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

वास्तविक नाम सन्तकुमार भए पनि प्रहरीले उनलाई बिद्रोह भनिने सीताराम चौधरीको नामबाट पक्राउ गरेर मुद्दा चलाएको थियो ।

हुुनत सन्तकुमार चौधरीको नाममा पनि मुद्दा चलाइएको थियो तर सन्तकुमारलाई फरारको सूचीमा राखिएको थियो ।

जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते टीकापुर घटनासम्बन्धी मुद्दामा फैसला गर्दै सन्तकुमारलाई जन्मकैदको फैसला सुनायो ।

उनी जिल्लाको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपायल पुगे तर उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरिदिएपछि कारागार बस्नुपर्ने बाहेक विकल्प उनीसँग रहेन ।

‘म पहिलेदेखि गाउँमा होटल र मासु पसल चलाउदथें । घटना भएको दिनबंगुर काटेर मासु बिक्रिगर्न टीकापुर गएको थिए,’ चौधरीले अनलाइनखबरसँग भने, ‘तर आफ्नो कामले टीकापुर गएको मलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलायो । अनाहकमा ७ वर्ष जेल बस्नुर्‍यो। ढिलै भए पनि सर्वोच्चबाट न्याय पाएँ । खुसी छु ।’

 

चौधरीले न्यायिक निरुपणका क्रममा आफू बिद्रोह भनिने सीताराम नभएर सन्तकुमार भएको बारम्बार प्रहरी, सरकारी वकिल र न्यायाधीशलाई भनिरहे तर उनको कुरा कसैले सुनेनन् ।

२०७३ वैशाख २७ गते पक्राउ पर्दा समेत चौधरीलाई प्रहरीले अभियोग बताएको थिएन । त्यो कुरा कारागार पुगेपछि मात्र उनले थाहा पाए । उनी पक्राउ परेपछि पनि प्रहरीले सन्तकुमार खै भन्दै पटक-पटक उनको घरमा गएर दुःख दिइरह्यो । सीताराम नै सन्तकुमार हुन भन्दा प्रहरीले विश्वास नै गरेन ।

यो बीचमा सीताराम र सन्तकुमार दुवै एउटै व्यक्ति हो भनेर प्रमाणित गराउन उनको परिवारले निकै दौडधुप र सकस भोग्नुपर्‍यो । उनकी पत्नी यमुनाले श्रीमानको न्यायका लागि कुनै कसर बाँकी राखिनन् ।

जिल्ला अदालतको फैसलाविरुद्ध २ पुस २०७७ मा उनले उच्च अदालत दिपायलमा पुनरावेदन गरिन् तर उच्चले जिल्लाकै फैसला सदर गरिदियो । सर्वोच्च अदालतले २ जेठमा गरेको फैसलाले भने चौधरीलाई सफाइ दिएपछि दिन त फेरिएका छन् तर विनाकसुर ७ वर्षसम्म जेल सजाय भोग्नुपरेको पीडाको लेखाजोखा गरिसाध्य छैन ।

‘सर्वोच्च अदालतले न्याय दिएपछि म पुरानै पेसा व्यवसायमा फर्किएको छु तर विनाकारण राज्यले ७ वर्षसम्म जेलमा हाल्दा मैले र मेरो परिवारले भोग्नुपरेको पीडा, दुःखको अनुभूति हामीलाई भन्दा कसलाई पो हुन्छ र,’ चौधरीले भने, ‘यो घटनामा म जस्तै धेरै निर्दोष फसाइएकाले राम्रोसँग छानबिन गरेर सबैलाई न्याय दिनुपर्छ ।’ योभन्दा अघि चौधरी कहिल्यै पनि प्रहरी हिरासत वा कारागार बसेका थिएनन् ।

जेठ २ गते जेलमुक्त भएका चौधरी उनको अनुपस्थितिमा श्रीमती यमुना र छोरीहरुले सम्हालेको होटल तथा मासु व्यवसायमा फर्किएर पुराना पीडा भुलाउन थालेका छन् । तर ७ भदौ २०७२ मा मारिएका नाबालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जानेगरी भएको टीकापुर घटनाको निष्पक्ष छानबिन नभएको अनुभव उनी गर्छन् । यो घटनामा दोषीलाई कारबाही र निर्दोषलाई सफाइ दिन राज्य तयार हुनुपर्ने भनाइ उनको छ ।

चौधरीसँगै यो मुद्दामा ७ वर्ष कैद सजाय भोगेर सर्वोच्च अदालतबाट सफाइ पाएका गंगाराम चौधरी भने अर्को मुद्दाका कारण रिहा हुन सकेका छैनन् ।

  • साझा परिवेश
  • शनिबार, जेष्ठ ६, २०८० ११:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्