April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन

७ वर्षपछि निर्दोष सावित, व्यवसायमै फर्किए

  • साझा परिवेश
  • शनिबार, जेष्ठ ६, २०८० ११:0९
७ वर्षपछि निर्दोष सावित, व्यवसायमै फर्किए

६ जेठ, धनगढी ।

कैलालीको भजनी नगरपालिका-६ को नवलपुरका सन्तकुुमार चौधरी ७ वर्षको काराबासपछि पुरानै पेसा, व्यवसायमा फर्किएका छन् ।

गाउँघरमा सीतारामको नामले परिचित सन्तकुमारलाई २०७२ सालमा भएको टीकापुर घटनामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

वास्तविक नाम सन्तकुमार भए पनि प्रहरीले उनलाई बिद्रोह भनिने सीताराम चौधरीको नामबाट पक्राउ गरेर मुद्दा चलाएको थियो ।

हुुनत सन्तकुमार चौधरीको नाममा पनि मुद्दा चलाइएको थियो तर सन्तकुमारलाई फरारको सूचीमा राखिएको थियो ।

जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते टीकापुर घटनासम्बन्धी मुद्दामा फैसला गर्दै सन्तकुमारलाई जन्मकैदको फैसला सुनायो ।

उनी जिल्लाको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपायल पुगे तर उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरिदिएपछि कारागार बस्नुपर्ने बाहेक विकल्प उनीसँग रहेन ।

‘म पहिलेदेखि गाउँमा होटल र मासु पसल चलाउदथें । घटना भएको दिनबंगुर काटेर मासु बिक्रिगर्न टीकापुर गएको थिए,’ चौधरीले अनलाइनखबरसँग भने, ‘तर आफ्नो कामले टीकापुर गएको मलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलायो । अनाहकमा ७ वर्ष जेल बस्नुर्‍यो। ढिलै भए पनि सर्वोच्चबाट न्याय पाएँ । खुसी छु ।’

 

चौधरीले न्यायिक निरुपणका क्रममा आफू बिद्रोह भनिने सीताराम नभएर सन्तकुमार भएको बारम्बार प्रहरी, सरकारी वकिल र न्यायाधीशलाई भनिरहे तर उनको कुरा कसैले सुनेनन् ।

२०७३ वैशाख २७ गते पक्राउ पर्दा समेत चौधरीलाई प्रहरीले अभियोग बताएको थिएन । त्यो कुरा कारागार पुगेपछि मात्र उनले थाहा पाए । उनी पक्राउ परेपछि पनि प्रहरीले सन्तकुमार खै भन्दै पटक-पटक उनको घरमा गएर दुःख दिइरह्यो । सीताराम नै सन्तकुमार हुन भन्दा प्रहरीले विश्वास नै गरेन ।

यो बीचमा सीताराम र सन्तकुमार दुवै एउटै व्यक्ति हो भनेर प्रमाणित गराउन उनको परिवारले निकै दौडधुप र सकस भोग्नुपर्‍यो । उनकी पत्नी यमुनाले श्रीमानको न्यायका लागि कुनै कसर बाँकी राखिनन् ।

जिल्ला अदालतको फैसलाविरुद्ध २ पुस २०७७ मा उनले उच्च अदालत दिपायलमा पुनरावेदन गरिन् तर उच्चले जिल्लाकै फैसला सदर गरिदियो । सर्वोच्च अदालतले २ जेठमा गरेको फैसलाले भने चौधरीलाई सफाइ दिएपछि दिन त फेरिएका छन् तर विनाकसुर ७ वर्षसम्म जेल सजाय भोग्नुपरेको पीडाको लेखाजोखा गरिसाध्य छैन ।

‘सर्वोच्च अदालतले न्याय दिएपछि म पुरानै पेसा व्यवसायमा फर्किएको छु तर विनाकारण राज्यले ७ वर्षसम्म जेलमा हाल्दा मैले र मेरो परिवारले भोग्नुपरेको पीडा, दुःखको अनुभूति हामीलाई भन्दा कसलाई पो हुन्छ र,’ चौधरीले भने, ‘यो घटनामा म जस्तै धेरै निर्दोष फसाइएकाले राम्रोसँग छानबिन गरेर सबैलाई न्याय दिनुपर्छ ।’ योभन्दा अघि चौधरी कहिल्यै पनि प्रहरी हिरासत वा कारागार बसेका थिएनन् ।

जेठ २ गते जेलमुक्त भएका चौधरी उनको अनुपस्थितिमा श्रीमती यमुना र छोरीहरुले सम्हालेको होटल तथा मासु व्यवसायमा फर्किएर पुराना पीडा भुलाउन थालेका छन् । तर ७ भदौ २०७२ मा मारिएका नाबालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जानेगरी भएको टीकापुर घटनाको निष्पक्ष छानबिन नभएको अनुभव उनी गर्छन् । यो घटनामा दोषीलाई कारबाही र निर्दोषलाई सफाइ दिन राज्य तयार हुनुपर्ने भनाइ उनको छ ।

चौधरीसँगै यो मुद्दामा ७ वर्ष कैद सजाय भोगेर सर्वोच्च अदालतबाट सफाइ पाएका गंगाराम चौधरी भने अर्को मुद्दाका कारण रिहा हुन सकेका छैनन् ।

  • साझा परिवेश
  • शनिबार, जेष्ठ ६, २०८० ११:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट