April 18, 2024 | बिहिबार, बैशाख ६, २०८१
सुचनाहरु
आईपीएल : गुजरातमाथि दिल्ली क्यापिटल्सको सानदार जित कस्तो रहला आजको मौसम ? झापामा भेटिएको मृत हात्तिलाइ गोली हानेर हत्या गरेको पुष्टि एक लाख २० हजार घुससहित अधिकृत पक्राउ आइसीसीको टी- २० वरियतामा दिपेन्द्रको छलाङ चार खेल जित्दै नेपाल सेमिफाइनलमा नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य निर्वाचन आचारसंहिता पालन नगरे तत्काल कारबाही गर्ने आयोगको चेतावनी गायिका एलिना चौहानले गरिन् विवाह देशभर आज मौसम सफा रहने मैदान ओसिलो भएका कारण नेपाल र साउदी अरेबियाबीचको खेल शुरु हुन ढिलाइ इलाम र बझाङका लागि आयोगले पठायो मतपत्र अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ १ लाख ५० हजार घुसले पोखरा महानगरका इन्जिनियर पक्राउ मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री आज सुनको मूल्य स्थिर महावीर पुनले आफ्नै आत्मकथा बेचेर पाँच करोड आम्दानी ‘होस्टेल–३’ निर्माण गर्ने घोषणा आईपीएल : आज गुजरात र दिल्ली भिड्दै

मुद्दा चल्दै १६ जनाबाहेक अरु विरुद्ध पनि !

  • साझा परिवेश
  • आइतवार, जेष्ठ ७, २०८० १0:३९
मुद्दा चल्दै १६ जनाबाहेक अरु विरुद्ध पनि !

काठमाडौं । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान पूरा गरेर प्रहरीले आज अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदैछ । पक्राउ परेका १६ सहित बाँकी फरार रहेकाविरुद्ध पनि मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीको छ ।

१०६ जना पीडित रहेको यो मुद्दामा पक्राउ परेका र फरारहरुलाई राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगीमा मुद्दा चलाइने भएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालका अनुसार प्रतिवेदनमा सबै उल्लेख गरिएको बताउँदै आजै बुझाउने तयारी रहेको बताएका छन् ।

यस घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, शमशेर मियाँ, टेकनाथ रिजाल, आङटावा शेर्पा, नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

त्यस्तै थप १६ जना फरारको सूचीमा रहेको प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको स्रोत बताउँछ ।

जसमा बादलका छोरा प्रतीक थापा, राईका छोरा नीरज, केशव तुलाधर, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाइँ, सुनील बुढाथोकी, विनिता लिम्बू, निरन्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशीष बुढाथोकी र रमा थापाविरुद्ध पनि मुद्दा चलाउने तयारी गरिएको छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ ७, २०८० १0:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।