May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य

कोशी प्रदेशको बजेट अधिवेशन १४ गते

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १६:२८
कोशी प्रदेशको बजेट अधिवेशन १४ गते

विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका छन् ।

जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि उनले बजेट अधिवेशन आह्वान गरेका हुन् । सोमबार प्रदेश मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बताए ।

दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन गत चैत २९ गते अन्त्य भएको थियो । फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि बैठक स्थगित भएको थियो । पहिचान पक्षधरले नाम संसोधन गर्न माग गर्दै आन्दोलन सुरु गरेपछि चैत २९ गते अधिवेशन अन्त्य भएको थियो ।

प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएपछि पहिचान पक्षधरहरुले प्रदेशसभा सचिवालय केन्द्रीय आन्दोलन थाल्ने तयारी गरेका छन् ।

गत फागुन १७ गतेदेखि आन्दोलनमा उत्रिएको प्रदेश १ पून नामाङ्कन संघर्षसमितिल प्रदेशसभा केन्द्रीत आन्दोलन गर्ने तयारी गरेको हो।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।