sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नर्सिङ पेसालाई चोट पुर्याउनु मेरो चाहना थिएन : गिभिना मगर

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १२:५३
नर्सिङ पेसालाई चोट पुर्याउनु  मेरो चाहना थिएन : गिभिना मगर

काठमाडौं । सामाजिक अभियन्ता गिभिना मगरले नर्ससँग सम्बन्धित पछिल्लो घटनामा सार्वजनिक रूपमा माफी मागेकी छन् । बुधबार साँझ उनले दुवै पक्षलाई राखेर भिडियो सन्देशमार्फत माफी मागेकी हुन् ।

योसँगै नर्सहरूको आन्दोलन टुंगिएको छ । पछिल्लो समय नर्सहरूको चरित्र हत्या गरिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका थिए ।

गिभिना र नर्सहरूबीचको विवाद अस्पतालदेखि सडकसम्म

गिभिनाको सन्देश-
जुन घटना नघट्नु थियो, त्यो घटनाले हामी सबैलाई दुःखी बनाएको छ । सबैलाई दुःखी बनाउने मेरो उद्देश्य पनि थिएन । म एउटा सामान्य घरपरिवारको छोरी हो । यहाँ अर्चना बुनुलाई नयाँ जीवन दिन्छु भन्ने सोच लिएर आएको थिएँ । तर, त्यहाँ मैले नसोचेको घटना घट्यो, जुन घट्नु हुँदैन थियो । भरतपुर क्यान्सर अस्पतालमा उपचार हुँदै गर्दा यो घटना घटेको थियो ।

त्यहाँ म्याम र मेरो समस्या उब्जेको थियो । त्यहाँ मिसअन्डरस्ट्यान्डिङ भएको थियो । म पनि भावनामा डुबेँ । यो औषधि दिने क्रममा टाइमको फरक पर्यो  भन्ने कुरालाई लिएर हाम्रो समस्या उत्पन्न भएको थियो । सबै कुरा मलाई जानकारी नभएको कारणले गर्दा मैले एउटा बिरामीलाई असर पर्ला भन्ने सोचेर त्यो टाइम किन फरक भयो भनेर प्रश्न गरेको थिएँ । त्यही कारणले गर्दा यो समस्या निम्तिएको थियो ।

यसको लागि सायद मान्छेबाटै भुल हुन्छ, त्यसै कारणले गर्दा मेरो पनि भुल भएको छ । त्यही भुलले गर्दा धेरैजना जो नर्सिङ पेसामा आबद्ध हुनुभएका नर्सहरूलाई धेरै समस्या आएको छ । त्यो मेरो उद्देश्य र चाहना थिएन । मैले नानुलाई बचाउँछु भनेर मात्र आएको थिएँ । तर, एक्कासि थाहै नपाई यो घटना घट्न पुग्यो ।

यसबाट सम्पूर्ण जति पनि नर्सिङ पेसामा आबद्ध हुनुहुन्छ, उहाँहरूको चरित्र हत्या भएको छ । तथानाम गाली पनि गरिएको छ, जुन कुराले नर्सिङ पेसामा आबद्ध हुनुभएको धेरैजनालाई चोट पुगेको छ । यो मैले चाहेको थिइनँ । म आफैँ पनि फ्लोरेन्स नाइटिङगेलबाट प्रभावित भएर समाजसेवामा रहेको थिएँ । म आफैँलाई पनि नर्सिङ पेसामा आबद्ध हुन मन थियो । तर, मेरो आर्थिक अभावले गर्दा त्यो समय मैले पढ्न नपाएको पेसा हो । मलाई नर्सिङ पेसा असाध्यै मन पर्छ ।

तर, अहिले मेरो अन्जानमा भएको भुलले गर्दा सम्पूर्ण नर्सिङ पेसामा आबद्ध भएका नर्सहरूलाई समस्या आएको कारणले गर्दा उहाँहरूको काम छ, पेसा छ, त्यसमा प्रश्न आएको कारणले गर्दा सबैलाई दुःखी बनाएको छ ।

आगामी दिनमा यो दुःख भोग्न नपरोस् । उहाँहरूले गरिरहेको पेसामा प्रश्न नउठोस् । कहिले पनि यो समस्या सिर्जना नहोस् ।

मान्छेलाई जन्म दिने, बचाउने, भगवान्पछिको डाक्टर, नर्स हुनुहुन्छ । त्यसैले कसैले पनि डाक्टर, नर्सलाई नकारात्मक रूपमा नलिइदिनु होला । हामीलाई गाह्रो भयो भने, बिरामी पर्यो  भने हामी जाने भनेको हस्पिटल नै हो । त्यसैले मेरो उद्देश्य भनेको उहाँहरूलाई नराम्रो भन्ने, नराम्रो बनाउने थिएन । तर, परिस्थितिले यो मोड लियो । जुन गल्ती म बाट भयो, आगमी दिनमा मबाट यस्तो गल्ती हुने छैन ।

फेरि पनि म सबैजनालाई दुई हात जोडेर अनुरोध गर्छु – जुन उहाँहरूको पेसामा तथानाम गालीहरू भएको छ, विभिन्न खालको प्रश्न उठेको छ, यो कसैले नगरिदिनु होला । मेरो आफ्नो भुलको कारणले उहाँहरूलाई यस्तो समस्या आएकाले म आफैँ दुःखी भएको छु । कसैलाई दुःख दिनु, कसैको मनमा चोट पु¥याउनु भनेको एकप्रकारको पाप नै हो । त्यसैले मबाट यस्तो खालको पाप नहोस् र तपाईंहरूबाट पनि यस्तो खालको पाप नहोस् । मैले जतिजनाको मन दुखाएको छु, नर्सिङ पेसामा जति पनि आबद्ध हुनुहुन्छ, जसको पेसामा दाग लाग्ने काम भएको छ । यसको लागि म क्षमा माग्दै यहाँहरू सबैलाई म अनुरोध गर्छु-नर्सिङ पेसालाई सम्मान गर्नुस् ।

भरतपुर क्यान्सर अस्पताल पहिलादेखि नै सुन्दै आएको हो । असाध्यै राम्रो हस्पिटल, जहाँनेर धेरैजना बिरामी त्यहाँ गयो भने सन्चो हुन्छ भनेर आउनुहुन्छ । मेरो जति पनि फलोअर्स हुनुहुन्छ, हजुरहरूले जथाभावी अनैतिक खालको कमेन्ट नगरिदिनु होला र उहाँहरूको पनि आफ्नो सम्मान, इज्जत छ । डाक्टर, नर्स हामी बिरामीलाई चाहिन्छ । डाक्टर, नर्सलाई पनि बिरामी चाहिन्छ । त्यसैले हामी सबै एकार्काको परिपूरक हौँ । त्यसैले कसैलाई नराम्रो नभनिदिनु होला ।

 

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid