March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन तीन वर्षमा दोब्बर भयो सार्वजनिक ऋण परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन रिपोर्ट उपप्रधानमन्त्री लिन किन चाहँदैनन् रास्वपा र जसपा? मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र

निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा निगरानी बढाइने

  • साझा परिवेश
  • शनिबार, कार्तिक २६, २०७९ २0:५१
निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा निगरानी बढाइने


विराटनगर: भारतको अररिया जिल्लास्थित जोगवनीमा शनिबार नेपाल–भारत सुरक्षा बैठक सम्पन्न भएको छ ।
आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरेर नेपाल र भारतका सुरक्षा अधिकारीको संयुक्त बैठक बसेको हो । बैठकमा अररिया जिल्लाका डिष्ट्रिक मजिष्टे«ड (डीएम) इनायक खाँन, एसपी अशोककुमार सिंह, सीमा सुरक्षा बल (एसएसबी) बथनाहाका प्रमुख सुरेन्द्र विक्रम, अररियाका प्रमुख ब्रजेस कुमार लगायतका भारतीय सुरक्षा अधिकारीको सहभागिता थियो । नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका प्रमुख बासुदेव सिग्देल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल तथा सुनसरीबाट प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकाल, सशस्त्रका प्रमुख एसपी विक्रम होमागाइँ, राष्ट्रिय अनुसन्धानका प्रमुख कूलचन्द्र नेपाल र सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराई सहभागी थिए ।
नेपालमा हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष हिसाबले सम्पन्न गर्न निगरानी बढाएर दुई देशीय सीमा क्षेत्रमा कडाइ गर्ने सहमति बैठकमा भएको थियो । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था मजवुत बनाउने तथा सीमा क्षेत्रको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिने प्रतिबद्धता भारतीय अधिकारीले जनाएका छन् । साथै निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीको संयुक्त गस्ती बढाउने सहमति पनि बैठकमा भएको छ । निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा शील गर्ने, लागूऔषध एवं साना हतियार तथा नक्कली नोटको ओसारपसार नियन्त्रणमा लिने, सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाउने, सीमा शील भएका बेला अतिआवश्यक सेवाहरु, बिरामीको उपचार, वैवाहिक कार्यक्रम र वारुणयन्त्रको आवतजावतलाई सहज बनाउने, अन्य सवारीसाधन र मानिसको आवतजावतलाई पूर्ण रूपमा रोक लगाउने निर्णय बैठकले गरेको छ । त्यस्तै अपराधिक क्रियाकलाप नियन्त्रणका लागि दुई देशका सुरक्षाकर्मीबीच सूचना आदानप्रसाद गर्ने, सुरक्षालाई प्रभावकारी बनाउने, चुनावका बेला नेपालमा अपराध गर्नेहरु भारततिर भाग्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा निगरानी बढाउने सहमति नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको छ । मोरङका प्रजिअ दाहालले लामो समयदेखि अवरुद्ध रहेको मीरगञ्ज पुलको विषयमा कुरा उठाएका थिए । भारतीय अधिकारीहरुले उक्त पुल आगामी नोभेम्बर अन्तिमसम्ममा सञ्चालनमा ल्याइसकिने जानकारी दिएका छन् । मीरगञ्ज पुलको मर्मत सम्भार नहुँदा ढुवानीका साधन आवतजावत हुन नसकेर लामो समयदेखि विराटनगर भन्सारबाट हुने आयात निर्यात प्रभावित बनिरहेको छ ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक २६, २०७९ २0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।