April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

लेखनाथ दाहाल : जलहरीको बिषयमा, कमजोरी नभएको भए एमाले किन आत्तिएको त ?

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १४:३५
लेखनाथ दाहाल : जलहरीको बिषयमा, कमजोरी नभएको भए एमाले किन आत्तिएको त ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिनाथको मन्दिरमा चढाइएको जलहरीको विषयमा संसदीय छानबिन समिति बनाउन माग गरेका छन् । गएको जेठ १० गते प्रतिनिधिसभा बैठकमा आफूले बोलेको विषयमा एमालेले संसद् अवरोध गरेपछि उनले त्यस्तो बतएका हु्न् ।

उनले एमालेले उक्त विषयलाई पहिले सामान्य रुपमा लिएको र अहिले एकाएक गम्भीर रुपमा उठाएको बताए ।

“मैले यती, ओम्नी, पशुपतिको जलहरीको विषयमा तपाईँहरुको पालामा भएको भ्रष्टाचारका विषयमा छानबिन गर्नुपर्दैन भन्ने सन्दर्भमा त्यसो भनेको हुँ । त्यसपछि पनि मेरो एमाले सांसद्हरुसँग भेट भएको थियो । उहाँहरुले कुनै आपत्ति जनाउनुभएको थिएन,” उनले भने, “एकाएक संसद् अवरुद्ध भयो ।”

उनले एमालेले गलत नगरेको भए किन डराएको त भन्दै प्रश्न पनि गरे । उनले महालेखा परीक्षकको प्रतिवेदनमा पनि उल्लेख भएको विषय आफूले उठाएको बताए ।

यता, एमालेले भने जलहरीको विषयमा दाहालले माफी माग्नुपर्ने माग गरिरहेको छ । उनले आफूले माफी नमाग्ने बरु समिति बनाउनुपर्ने बताए ।

“उहाँहरुले अनावश्यक रुपमा उचाल्नुपर्ने कारण छैन । उहाँहरुले कमजोरी गर्नुभएको छ । कमजोरी नगरेको भए किन आत्तिएको त ? महालेखा परीक्षकको प्रतिवेदनमा पनि जलहरीको विषय उल्लेख छ । यसमा के भएको हो ? संसदीय छानबिन समिति बनाउँदा हुन्छ,” उनले  भने, “मैले माफी माग्ने कुरा हुँदैन ।”

 

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १४:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।