April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त अमेरिकामा प्रतिबन्ध हुन सक्ने कानुनविरुद्ध टिकटक अदालत जाने आइपिएल : गुजरातलाइ दिल्लीले जित्यो कस्तो रहला आजको मौसम ? उपनिर्वाचन : आजबाट प्रचारप्रसार निषेध सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

कार्यालय प्रमुखको न क्कली हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १४:३८
कार्यालय प्रमुखको न क्कली हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

जनकपुरधाम । मधेस प्रदेशको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको न क्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने एकजना कर्मचारी पक्राउ परेका छन् ।

हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट प्रयास गर्ने गरुडा नगरपालिकाका पोषण स्वयंसेवक पदमा कार्यरत रामनारायण सहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बिहीबार पक्राउ गरेको हो ।

सहनीले कार्यालय प्रमुख भूदेव झाको नक्कली हस्ताक्षर गरेको फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पोषणसम्बन्धी एउटा गोस्वारा भौचरमा सहनीले नक्कली हस्ताक्षर गरी फर्स्योट गरेको फेला परेको गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद जयसवालले बताए । पाँच लाख रुपैयाँको गोस्वारा भौचरमा सहनीले नक्कली हस्ताक्षर गरी फर्स्योट गरेको फेला परेपछि कार्यालय प्रमुख भूदेव झाले प्रहरीलाई खबर गरेका थिए ।

सहनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि सहनीले किर्ते गरेको हुन सक्ने र किर्तेमा अन्य कर्मचारीको पनि संलग्नता हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सहनीलाई इलाका प्रहरी कार्यालय गरुडामा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।