July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सूर्यदर्शन सहकारीका उपाध्यक्ष काठमाडौंबाट पक्राउ परे

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १२:५५
सूर्यदर्शन सहकारीका उपाध्यक्ष काठमाडौंबाट पक्राउ परे
  • उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परे
  • कर्मचारीसहित १७ जना अझै फरार
  • १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ हिनामिना

पोखरा ।।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् । बिहीबार काठमाडौंमा पक्राउ परेका उनलाई शुक्रबार बिहान पोखरा ल्याइएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिए । आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि दर्लामी फरार थिए ।

काठमाडौंमा लुकेर बसेको अवस्थामा उनलाई काठमाडौं प्रहरीले कास्की प्रहरीको अनुरोधमा पक्राउ गरेको थियो । यो सहकारीको रकम हिनामिना प्रकरणमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । तर, हालसम्म कोषाध्यक्ष कुमार रम्तेल मात्र पक्राउ परेका थिए । रम्तेल अहिले पूर्पक्षका लागि थुनामा छन् । पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् ।

प्रहरीले राईसहित जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा पूर्वअध्यक्ष जीबी राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न पुस ६ मा पत्राचार गरिसकेको छ । सहकारीमा १८ हजार ७०० बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ हिनामिना भएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १२:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्