April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

मोदीले गरे नयाँ संसद् भवनको उद्घाटन

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० ११:५३
मोदीले गरे नयाँ संसद् भवनको उद्घाटन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार (मे २८)मा त्यहाँको संघीय राजधानी नयाँदिल्लीमा नयाँ संसद् भवनको उद्घाटन गरेका छन् । भारतको केन्द्रीय प्रशासनिक क्षेत्रको पुनर्निर्माण गर्ने महत्त्वाकांक्षी परियोजना ‘सेन्ट्रल भिस्टा’को एक हिस्सा रहेको नयाँ संसद् भवन टाटा समूहको कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडले दुई वर्षको अवधिमा निर्माण गरेको हो ।

नयाँ संसद् भवनको उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदीले लोकसभा कक्षमा सभामुखको आसनपछाडि ‘सेंगोल’ स्थापना गरे । सेंगोललाई स्वतन्त्रताको महत्त्वपूर्ण ऐतिहासिक प्रतीक मानिन्छ । यसलाई बेलायतीबाट भारतीयलाई शक्ति हस्तान्तरण गरेको संकेत समेत मानिन्छ ।

स्थानीय समयानुसार बिहान साढे ७ बजे नयाँ संसद् भवन पुगेका मोदीले पूजा र सेंगोल स्थापना गरी निर्माणमा संलग्न मजदुरलाई अभिनन्दन गरेका थिए । पूजाका क्रममा सबै धर्मका प्रतिनिधिबाट प्रार्थना समेत गरिएको थियो ।

भारतको पुरानो संसद् भवन सन् १९२७ मा बनाइएको थियो । त्यसबाट अहिलेका विभिन्न आवश्यकता पूरा गर्न नसकिने बताइएको छ । नयाँ संसद् भवनमा लोकसभा कक्षमा ८८८ र राज्यसभा कक्षमा ३०० सदस्य बस्न सक्नेछन् । दुवै सदनको संयुक्त बैठकका लागि लोकसभा कक्षमा एक हजार २८० सांसद अटाउन सक्छन् ।

नयाँ संसद् भवनमा महाराष्ट्रको नागपुरबाट सागौनका काठ, राजस्थानको सरमाथुराबाट रातो र सेतो बलौटे ढुंगा, उत्तर प्रदेशको मिर्जापुरीको गलैँचा, त्रिपुराको बाँसको फर्शलगायत स्थानीय सामग्री प्रयोग गरिएको छ ।नयाँ संसद् भवनले भारतको विविध संस्कृति झल्काउँछ । भारत सरकारले यो ऐतिहासिक दिनको सम्झनामा ७५ रुपैयाँको सिक्का पनि सार्वजनिक गरेको छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० ११:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।