July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सात वर्षपछि बस्तीमा सिँचाइ

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १३:३२
सात वर्षपछि बस्तीमा सिँचाइ

रुकुमपश्चिम । मुसीकोट नगरपालिका–१० मा सात वर्षपहिला निर्माण सुरु गरिएको सिँचाइ आयोजना हालै सम्पन्न भएको छ। २०७३ सालमा निर्माण सुरु गरिएको सारापोले नमुना बस्ती सिँचाइ आयोजना सात वर्षपछि निर्माण सम्पन्न भएको हो।

वडाध्यक्ष धनबहादुर खड्काले अलपत्र अवस्थामा रहेको सिँचाइ आयोजना निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार २०७३ सालमा साबिक जिल्ला सिँचाइ कार्यालयमार्फत सुरु गरिएको उक्त आयोजना बजेट अभावका कारण अलपत्र थियो। वडा कार्यालयले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयसँग समन्वय गरेर बजेट प्राप्त गरेपछि अलपत्र आयोजना सम्पन्न गरिएको जनाइएको छ।

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख तेजनारायण महतोका अनुसार पानीको ट्याङ्की बन्दाबन्दैको अवस्थामा रहेको उक्त आयोजनामा ३० लाख रुपियाँ लगानी भएको छ।

सिँचाइ आयोजना निर्माणसँगै वडाका सुनार टोल, साउनेपानी र मानपुर बस्तीका ५६ घर प्रत्यक्ष लाभान्वित भएको वडा कार्यालयले जनाएको छ। आयोजना अन्तर्गत मुहानबाट ट्याङ्कीसम्म पानी ल्याएर घर घरमा पाइपलाइन पु¥याइएको छ। एक लाख ८९ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिएको छ।

त्यसै गरी ५६ वटै घरमा सिँचाइका लागि स्प्रिङ कलरसमेत वितरण गरिएको छ। स्थानीय ४५ वर्षीया काली सुनारले सिँचाइ आयोजना बनेपछि खेतीयोग्य जमिनमा आवश्यक परेका बेला सिँचाइ गर्न पाइने बताउनुभयो।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्