July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

मन्त्रीहरुको जिम्मेवारी तोकेर भूकम्प प्रभावित क्षेत्रमा खटाइयो

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १४:0१
मन्त्रीहरुको जिम्मेवारी तोकेर भूकम्प प्रभावित क्षेत्रमा खटाइयो
  • मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्रमा खटिएर समन्वय तथा व्यवस्थापन गर्ने
  • आवश्यकता अनुसार प्रभावित क्षेत्रहरूमा सक्रिय हुने
  • पालिकाहरूले सहज रूपमा राहत सामग्री खरिद गर्न सक्ने व्यवस्था मिलाइने

जाजरकोट ।।

कर्णाली प्रदेश सरकारका मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्रमा खटिएर समन्वय तथा व्यवस्थापन गर्ने भएका छन् । मुख्यमन्त्री र मन्त्रीहरु बीचको छलफल पश्चात् मन्त्रीहरू आ-आफ्नो तोकिएको क्षेत्रमा पुगेका छन् ।मुख्यमन्त्री राजकुमार शर्मा सोमबार बिहानैदेखि जाजरकोटमा छन्। मुख्यमन्त्री शर्मा आवश्यकता अनुसार प्रभावित क्षेत्रहरूमा सक्रिय हुनेछन् । मन्त्री जिसीका आ-आफ्नो कार्य क्षेत्रअनुसारको सबै मन्त्रीलाई व्यवस्थापन तथा समन्वयको जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् कानुनमन्त्री कष्णबहादुर जिसीका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहलाई गृहजिल्ला समेत रहेको जाजरकोटमा खटाइएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री जिसी र सामाजिक विकास मन्त्री खड्ग पोखरेल सुर्खेतमा बसेर आवश्यक राहत व्यवस्थापनदेखि आपूर्ति लगायतका कामहरू गर्नेछन् । जिसीले प्रदेशबाट गर्ने आवश्यक सामग्रीहरू एकद्वार प्रणालीमार्फत जिल्लाहरूमा पठाउने छन् । उनी शनिबारदेखि नै सुर्खेत विमानस्थलमा रहेर आपूर्तिको काममा सक्रिय छन् । कृषिमन्त्री भीम प्रकाश शर्मा रूकुम पश्चिम र गृहजिल्ला सल्यानमा रहेर काम गर्नेछन् ।

यस्तै ऊर्जा तथा जलस्रोत मन्त्री उर्मिला विश्वकर्मा पनि खानेपानी लगायतका विषयमा रहेर प्रभावित क्षेत्रमै खटिने छिन् । भूकम्पले क्षति पुगेका खानेपानीका योजना मर्मतदेखि मन्त्रालयबाट गर्नुपर्ने काम उनले गर्नेछिन् । उनी पनि सोमबार बिहान जाजरकोट पुग्दैछिन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीलाई भौतिक संरचनाको तथ्यांक संकलनदेखि अभिलेख राख्ने लगायतका कार्यमा सक्रिय हुने गरी जिम्मेवारी तोकिएको छ । प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छुट्याएको रकम अबको केही दिनभित्र पालिका पठाइने कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् कानुनमन्त्री कष्णबहादुर जिसीले बताए । उनका अनुसार पालिकाहरूले सहज रूपमा राहत सामग्री खरिद गर्न सक्ने व्यवस्था मिलाइने छ ।

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्