विराटनगर । आन्दोलनको क्रममा आइतबार पक्राउ परेका बाँकी पहिचानवादीलाई रिहा गरिने भएपछि घोषित कोसी प्रदेस बन्दको कार्यक्रम फिर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आज भएको छलफलमा बाँकी रहेका २६ जनालाई रिहा गर्ने सहमति भएपछि आन्दोलनकारीले बुधबारबाट गर्ने भनेको आमहडताल पनि फिर्ता भएको छ । यसबारे प्रशासन र पहिचानवादीका नेताबीच सहमति भएको छ।
आन्दोलनको क्रममा पक्राउ परेका ८६ जनामध्ये ६० जना यसअघि नै रिहा भएका थिए । कोसी नामकरणको विरोधमा पहिचानवादीले आन्दोलन गरिरहेका छन् । आइतबार झडपका क्रममा सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका थिए ।