July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

ऋण फिर्ता माग्न जाँदा वडा सदस्य माथि निर्घात कुटपिट

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:00
ऋण फिर्ता माग्न जाँदा वडा सदस्य माथि निर्घात कुटपिट

धनुषा । धनुषा जिल्लाको हंसपुर नगरपालिका–५ की वडा सदस्य रामदुलारी देवीले आफूले दिएको ऋण फिर्ता माग्न जाँदा निर्घात रुपमा कु टपिट गरिएको आरोप लगाएकी छन् ।

आफूले दिएको ९ लाख रुपैयाँको तमसुकलाई जिल्ला प्रशासनमा दर्ता गराउनुपर्ने भन्दै माग्न जाँदा ऋणी अरहुलिया देवी मण्डलले तमसुक दिनुपर्ने कुनै आवश्यकता नरहेको र सरकारले हाम्रो सबै ऋण मिनहा गरिसकेको भन्दै आफूमाथि जाइलागेको आरोप पीडित रामदुलारीले लगाइन् ।

उनले भनिन्,‘अहिले तमसुकहरुको दर्ता गराउनुपर्ने कुरो आएको छ त्यसैले सो तमसुक मैले मागेर दर्ता गराउने भनेको थिएँ तर उनीहरुले अचानक पैसा किन माग्न आएको भन्दै म र मेरो छोरा सन्तोषलाई निर्घात कुटपिट गरेको थियो।’ अरहुलिया देवीको छोरा र श्रीमान्को कुटपिटले आमा छोरा गम्भीर घाइते भएका छन् ।

मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी घाइते सन्तोष साहले आफूलाई तीन चार जना मिलेर फलामको फाइटर लगाएको मुक्काले टाउकोमा प्रहार गरेको बताए । उनको टाउकोमा १५ वटा टाका लागेको जानकारी समेत दिइएको छ ।

आफ्नो श्रीमानले दुख गरेर वैदेशिक रोजगारीमा कमाएको पैसा समस्या पर्दा छिमेकीलाई दिएको र सोही रकम फिर्ता नदिने लोभमा परी उनीहरुले आक्रमण नै गरेको दुलारीदेवीको कथन छ । कुटपिट गर्नेमाथि कडा कारबाहीको माग गर्दै उनले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिने तयारी समेत गरेको जानकारी उनले दिइन् । घाइते मध्ये सन्तोषको अवस्थामा गंभीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।
यता आरोपि अरहुलिया देवीसंग कुरा गर्न पटक पटक सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । साभार-ईजनकपुर टुडे बाट

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्