May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी

नेपालले आयरल्यान्डलाई दियो २१४ रनको विजयी लक्ष्य

  • साझा परिवेश
  • सोमवार, चैत्र १९, २०८० १६:0३
नेपालले आयरल्यान्डलाई दियो २१४ रनको विजयी लक्ष्य

आयरल्यान्ड वुल्भ्सविरूद्धको तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ ले २१४ रनको लक्ष्य दिएको छ।

सिरिजको तेस्रो खेलमा सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१३ रन जोडेको हो। नेपालले पछिल्लो पाँच ओभरमा ८४ रन जोडेको थियो। नेपालबाट आक्रामक रूपमा प्रस्तुत भएका आरिफले अविजित ९३ रन बनाए। उनले ४८ बलमा सात चौका र ६ छक्का प्रहार गरे। आरिफले नटआउट ९३ रन जोडे। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट १९ रन जोडे।

रशिद खानले १३ बल खेलेर ३ छक्का प्रहार गर्दै २४ रन जोडेका थिए।
त्यसअघि ओपनरद्वय लोकेश बम ८ रन र देव खनाल ६ रन जोडेर आउट भए। कप्तान विनोद भण्डारीले ११ रन जोड्दा बसिर अहमदले १९ रन बनाए।
पवन सर्राफ १३ रन र नारायण जोशी १ रनमा आउट भए। आयरल्यान्डका फियोन ह्यान्डले दुई विकेट लिए। गाभिन होइ, म्याथ्यु फोस्टर, ग्यारेथ डेलानी र लियन म्याकार्थीले एक/एक विकेट लिए।

यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको वुल्भ्सले शृंखलाको उपाधि जितिसकेको छ।

  • साझा परिवेश
  • सोमवार, चैत्र १९, २०८० १६:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट