July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

प्रधानमन्त्रीले थप १२ सय मेगावट बिधुत किन्न गरे मोदीलाई आग्रह

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १४:३२
प्रधानमन्त्रीले थप १२ सय मेगावट बिधुत किन्न गरे मोदीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा उत्पादन भएको थप १२ सय मेगावट विद्युत् किन्न आग्रह गरेका छन् । उनले भारतले वार्षिक ४५० मेगावट विद्युत् किनिरहेको विषयको आफूले स्वागत गर्ने भन्दै थप विद्युत् खरिद गर्न अनुरोध गरेका हुन् ।

बिहीबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले बंगलादेशसम्म बिजुली बेच्न नेपाललाई बाटो दिएकामा भारत सरकारलाई धन्यवाद पनि दिए ।

“हामीले बंगलादेशलाई विद्युत् बेच्न भारतले मध्यस्तकर्ता बन्न देखाएको इच्छा, म त्यसमा पनि धन्यवाद दिन चाहन्छु । भारतको मार्गबाट ५० मेगावाट बढी विद्युत् बंगलादेशलाई बेच्न सहज हुनेछ,” उनले भने । प्रधानमन्त्री प्रचण्डले मोदीको ‘छिमेक पहिला’ नीतिको पनि चर्चा गरे । “आज प्रधानमन्त्री मोदीले पनि भन्नुभयो कि हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउछु भनेर ।

म यसलाई सम्मान गर्न चाहन्छु, मोदीजीको छिमेकी पहिलो पोलिसीको,” उनले भने, “व्यापार, ट्रान्जिट, लगानी, ऊर्जा विकास, सिँचाइ, कृषि कनेक्टिभिटी जसमा हवाईमार्ग, रेलवे, पुल, ट्रान्समिसन लाइनलगायतलाई अघि बाउने कुरा सराहनीय छ ।” प्रधानमन्त्री मोदी र आफूले धेरै विषयको सुरुआत गरेको र विभिन्न सात सम्झौता गरेको उनले उल्लेख गरे । आफूहरूले जलविद्युत्मा भइरहेको प्रगति र क्रस बोर्डर ट्रान्समिसन लाइनमा भइरहेको कार्यान्वनयको ‘रिभ्यु’ गरेको उनले जानकारी दिए ।

 

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १४:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्