sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

छिमेकी नगरपालिकाकै स्तरमा पुग्ने लक्ष्य छ

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:0२
छिमेकी नगरपालिकाकै स्तरमा पुग्ने लक्ष्य छ

गत वैशाखमा भएको स्थानीय निर्वाचनमा कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका नेता गणेश चौधरी निर्वाचित हुनुभयो। पत्रकारितामा आफ्नो परिचय बनाउनुभएका चौधरी राजनीतिमा आएर स्थानीय सरकारको नेतृत्व गरिरहनुभएको छ। ४७ वर्षीय चौधरीसँग गोरखापत्रका प्रकाशविक्रम शाहले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

पत्रकारिताबाट राजनीतिमा आउनुभएको छ। भूमिका बदलिएको छ, कतिको सहज अनुभव गर्नुभएको छ ? 

मैले २५ वर्ष पत्रकारितामा बिताए। राजनीति र पत्रकारिता उस्तैउस्तै हुन्। दुवै चुनौतीपूर्ण छन्। पत्रकारिता पनि समाजका लागि गरिने हो, राजनीति पनि समाज परिवर्तनकै लागि गरिन्छ तर अहिले म जनताका लागि प्रत्यक्ष रूपमा केही गर्नुपर्ने स्थानमा छु र त्यो गरिरहेको छु। असहज अनुभव भएको छैन।

गाउँपालिकाको नेतृत्वमा रहनुभएको एक वर्ष भइसकेको छ। यो अवधिमा उल्लेखनीय खालका केही काम सुरु गर्नुभयो कि।

यो एक वर्षकै अवधिमा हामीले धेरै राम्रा काम सुरु गरेका छौँ। चुनावमा गरेका वाचा अनुसार नै कामको थालनी भएको छ। अब बाँकी चार वर्षसम्ममा ती काम पूरा हुने छन्।

तपाईंहरूले ‘शिक्षा, स्वास्थ्य कृषि र वातावरणमैत्री पूर्वाधार, जानकी गाउँपालिका विकासको मूल आधार’ भन्ने नारा दिनुभएको थियो। नारा अनुसार काम पनि भएको छ त ? 

यो नारा हाम्रो मूल लक्ष्य नै हो। यिनै क्षेत्रलाई प्राथमिकतामा राखेर कामको थालनी भएको छ। गुणस्तरीय शिक्षाका लागि विद्यालय समायोजनदेखि शिक्षक दरबन्दी मिलानको काम भइरहेको छ। दुई वटा हेल्थ पोष्टमा सिकलसेल स्क्यानिङ क्याम्प राख्यौँ। स्वास्थ्य परीक्षण गरिएका साढे तीन सय जनामध्ये ५८ जनामा सिकलसेल पोजेटिभ, ४३ जनामा थ्रेट र १५ जनामा रोग देखियो। विश्व बैङ्कको सहयोगमा खानेपानी आयोजना सञ्चालन भइरहेको छ। यो आयोजनाबाट पाँच वर्षभित्र जानकीका घरघरमा शुद्ध खानेपानी पुग्छ।

स्थानीय सरकार भएकाले गाउँपालिकाको समग्र विकासमा ध्यान पु-याउनुपर्ने दायित्व तपाईंहरूमा छ। यसतर्फ ध्यान पुगेको छ ?

हामीले पूर्वाधार मात्रै नभएर आर्थिक सामाजिक विकासमा जोड दिएका छौँ। हामीले स्थानीय उत्पादन र उपभोगलाई जोड दिँदै आएका छौँ। हाम्रा बैठक कार्यक्रममा थारू समुदायको ढिक्री, सेल रोटीलगायत खानेकुराको खाजा खान्छौँ। शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सामाजिक सुरक्षालगायत कुरामा सन्तुलित रूपमा अगाडि बढेका छौँ। पहिले बैङ्कमा लाइन लागेर लिनुपर्ने सामाजिक सुरक्षा भत्ता अहिले बैङ्कका कर्मचारी आएर वडा कार्यालयबाट वितरण गर्ने व्यवस्था गरेका छौँ। यो वर्ष हामीले बेरोजगारको प्रोफाइल बनायौँ। रोजगारीको व्यवस्था गर्ने काम आउँदो आर्थिक वर्षदेखि सुरु गर्छौं। सिप भएका नागरिकलाई गाउँपालिकाले विभिन्न रोजगारदातासँग जोडिदिने काम गर्ने छ।

कृषि यहाँको मुख्य क्षेत्र हो। यस क्षेत्रमा के के गर्दै हुनुहुन्छ ? 

हामीले पाँचवर्षे आवधिक योजनामा कृषिलाई प्राथमिकता दिएको छौँ। कृषि उत्पादन बढाउन उत्पादनका आधारमा अनुदान कार्यक्रम र स्कुल करेसाबारी कार्यक्रम सञ्चालन भइसकेको छ। यसले किसानलाई मात्र होइन विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि कृषि उत्पादनमा जोड दिन प्रोत्साहित गर्ने गरेको छ। हाम्रो अनुदानबाट वास्तविक किसान मात्र लाभान्वित हुन्छन्, अनुदानको दुरुपयोग छैन।

आफ्नो कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने सोच बनाउनुभएको छ ?

जानकी गाउँपालिकाको एकातिर लम्कीचुँहा नगरपालिका र अर्कोतिर टीकापुर नगरपालिका छ। छिमेकी नगरपालिकाको अवस्था हेरेर हाम्रा गाउँपालिकामा पनि त्यस्तै सुविधा हुनु पर्छ भन्ने नागरिकको माग हुन्छ। त्यसैले हामीले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सेवा प्रवाहमा छिमेकी नगरपालिका जस्तै बनाउने हाम्रो लक्ष्य छ।

प्रदेश तथा सङ्घीय सरकारसँगको समन्वय र सहकार्य कस्तो छ ? 

प्रदेश र सङ्घसँगको समन्वयमा समस्या छन्। रकम समयमा नदिने र योजना पनि आफूखुसी छान्ने र कार्यान्वयन हुने भएकाले समस्या परिरहेको छ। सङ्घीय र प्रदेश सरकारले नीति बनाएर स्थानीय तहलाई बोझ थुपार्ने काम गरेका छन्। नीति बनाएपछि स्रोतको व्यवस्था पनि हुनु पर्छ भन्ने हाम्रो माग हो।

तपाईंले काम गरिरहँदा चुनौती के के आएका छन्, कसरी समाधान गर्नुहुन्छ ?

‘टकिङ कल्चर’ लाई ‘वर्किङ कल्चर’ मा बदल्नु मुख्य चुनौती छ। मुलुक पछाडि पर्नुमा काम गर्ने संस्कृतिको विकास नहुनु नै हो। काम पाइएन भनेर दिनभरि गफ चुटेर बस्ने तर आफ्नो खेतबारी बाँझै राख्ने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ। हाम्रो गाउँपालिकामा कर्णाली, पथरैयालगायत नदी र खोलाको बाढीको जोखिम छ। त्यो चुनौतीको सामना गर्न रानीजमरा कुलरिया सिँचाइ आयोजना तथा विभिन्न सरकारी, गैरसरकारी संस्थासित समन्वय र सहकार्य गरेर व्यवस्थापनको प्रयास गरिरहेका छौँ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid