May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

यू-१९ पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकामा नहुने

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १0:३२
यू-१९ पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकामा नहुने

काठमाडौं । नेपाल पनि सहभागी हुने आईसीसी अन्डर-नाइन्टिन पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकामा नहुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्, आईसीसीको आज बसेको बोर्ड बैठकले श्रीलंकालाई दिएको विश्वकप आयोजना अधिकारी खोसेको हो । प्रतियोगिता अब आगामी जनवरीमा दक्षिण अफ्रिकामा हुने छ । श्रीलंका क्रिकेट बोर्ड अहिले निलम्बित छ । सोही कारण आईसीसीले उसको अन्डर नाइन्टीन विश्वकप आयोजना अधिकार खोसेको हो ।

बैठकले श्रीलंका क्रिकेटका प्रतिनिधिहरूको बयानपछि उसलाई द्विपक्षीय क्रिकेट र आईसीसी प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न भने अनुमति दिएको छ । श्रीलंका क्रिकेटको बजेट कोष र आफूले दिने अनुदान पनि आईसीसीले नियन्त्रणमा लिएको छ ।

श्रीलंका सरकारले क्रिकेट बोर्डका पदाधिकारीलाई बर्खास्त गर्दै नयाँ पदाधिकारी नियुक्त गरेपछि आईसीसीले नोभेम्बर १० मा श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको थियो ।

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १0:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।