sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भरत तालमा पानी भरियो

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:0७
भरत तालमा पानी भरियो

सर्लाही । पछिल्लो समय मधेश प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै गएको सर्लाहीको बागमती नगरपालिका–१२ स्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा भत्किएको बाँध कसेर पुनः पानी भरिएको  छ।

यही आइतबार तालको दक्षिण–पश्चिम भेगबाट एक्कासि बाँध फुटेर पानी बगेपछि ताल नै सुकेको थियो। तत्कालै बाँध कस्ने काम सकेर तालमा पानी भरिएको बागमती नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिनुभयो। बागमती नगरपालिकाले १२१ बिघामा पोखरी खनेर माछा पालन गर्ने र त्यसभित्रै होटललगायतका अन्य पर्यटकीय संरचना निर्माण गरेर पर्यटकीय स्थलका रूपमा विकास गरिरहेको छ । ताल अवलोकन तथा घुमफिरका लागि दैनिक ठुलो सङ्ख्यामा नेपाली तथा भारतीय पर्यटक आउने गरेका छन् । बाँध फुटेर पानी सुकेपछि तालमा बोट (डुङ्गा) सञ्चालन हुन छाडेको थियो । बाँध कसेर पुनः बागमती नदीको पानी हालेसँगै बोट सञ्चालनमा ल्याइएको उपप्रमुख मोक्तानले बताउनुभयो। तराई क्षेत्रमा अत्यधिक गर्मी बढेका कारण तालमा अवलोकनका लागि आउनेको सङ्ख्यामा भने कमी आएको स्थानीयवासीले बताएका छन्। विभिन्न पर्व तथा अवसरमा यस तालमा मानिसको अत्यन्त भिड लाग्ने गरेको छ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid