May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

१४ अर्ब लागतको नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १६:0१
१४ अर्ब लागतको नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु
  • नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु
  • नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्य 
  • स्वास्थ्य आपतकालिन तयारी तथा क्षमता बढाउने

काठमाडौं ।।

विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु भएको छ । अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटी र विश्व बैंकका प्राक्टिस म्यानेजर प्रबन्धक फेङ झाओले यो कार्यक्रमको संयुक्त रुपमा सुरुवात गरे । विश्व बैंकका अनुसार नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्य लिइएको यो कार्यक्रमको लागत १०३.८४ मिलियन (झण्डै १४ अर्ब रुपैयाँ) रहेको छ ।

कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार गर्ने, स्वास्थ्य बीमाको दायरा बढाउने र तल्ला सरकारहरुको स्वास्थ्य आपतकालिन तयारी तथा क्षमता बढाउने लक्ष्य लिएको छ।पाँच वर्षे यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय विकास संघबाट १ सय मिलियन डलर र स्वास्थ्य आपतकालिन तयारी तथा प्रतिक्रिया कोषबाट ३.८४ मिलियन डलर अनुदानका रुपमा उपलब्ध हुने भएको छ ।

यस कार्यक्रमले स्वास्थ्य सेवाको गुणस्तर, वित्तीय सुरक्षा र लचिलो स्वास्थ्य प्रणालीमा सहयोग पुग्ने सचिव बाराकोटीले बताए । यो कार्यक्रम सञ्चालन गर्नेबारे नेपाल सरकार र विश्व बैंकबीच अक्टोबर २०२३ मा वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।