काठमाडौं । लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा ताला लगाइदिएपछि शेयर बजार प्रभावित भएको छ । आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक शंसोधन नभएसम्म शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका हुन्।
ब्रोकर कार्यालयमा ताला लगाएको भए पनि टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेयर किनबेच गर्न पाएका छैनन् । अहिले तिर्दै आएको ५ र ७.५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम कायम गर्नुपर्ने माग लगानीकर्ताले राखेका छन् ।