February 18, 2025 | मङ्लबार, फाल्गुन ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अतिक्रमणको चपेटमा महाभारत वन क्षेत्र

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० ११:२८
अतिक्रमणको चपेटमा महाभारत वन क्षेत्र

डडेलधुरा । डडेलधुराको जीवन रेखा मानिने महाभारत वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। डडेलधुरा–कैलाली जोड्ने भीमदत्त पन्त राजमार्ग छेउछाउसँगै जङ्गल क्षेत्रमा अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या बर्सेनि बढ्दो छ । वन जङ्गल अतिक्रमण गरी बसोबास गर्नेको सङ्ख्या बर्सेनि बढ्दा महाभारत वनको घनाजङ्गल क्षेत्र मासिँदै गएको छ। यहाँको कुल वन क्षेत्र एक लाख १५ हजार १६९ हेक्टर रहेको छ। सोमध्ये महाभारत पर्वतको वन जङ्गलले ५३ हजार हेक्टर क्षेत्रफल ओगटेको छ।

तर महाभारत वन क्षेत्र पछिल्लो समय आधा पनि बाँकी नरहेको स्थानीयको भनाइ छ। महाभारत पर्वत भएर सडक विस्तार भएपछि वन क्षेत्रमा अतिक्रमण बढेको स्थानीय नारायण देउवाले बताउनुभयो।

२०३२ सालमा महाभारत पर्वतको हगुल्टे, साहुखर्क भएर सडक खनिएपछि यस क्षेत्रमा अतिक्रमण बढेको उहाँको भनाइ छ। साहुखर्क र मेलखर्कमा अहिले बजार बसिसकेका छन्।

सडक खनिने बेला तीन वटा घर (गोठ, खर्क) भएको साहुखर्कमा अहिले दर्जनभन्दा बढी पसल, होटल र दुई दर्जन घर छन्। राजमार्ग छेउमा जङ्गल नभई खेती गरिन थालिएको छ। महाभारत पर्वत क्षेत्रमा घना वन जङ्गल भएका कारण पानीको मुख्य स्रोत पनि हो।

डडेलधुरा जिल्ला सदरमुकाम, भागेश्वर गाउँपालिका, गन्यापधुरा, आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको जलस्रोतको भण्डार महाभारत पर्वत नै भएको भनाइ स्थानीय वातावरण संरक्षणकर्मीको छ। धार्मिक सांस्कृतिक रूपमा पनि महाभारत पर्वत क्षेत्रमा भागेश्वर, घण्टेश्वर, लाटा गन्याप शिखरधुरा र घटाल देवताका मन्दिर छन्। करिब दुई हजार सात सय मिटरको उचाइ भएको महाभारत पर्वत क्षेत्रमा विभिन्न प्रजातिका वन्यजन्तु र बहुमूल्य जडीबुटी  पाइन्छन।

जैविक विविधता, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण महाभारत क्षेत्र संरक्षणविहीन बन्दै जान थालेकोमा चिन्ता बढेको छ। नयाँ स्थानमा भएको अतिक्रमण रोक्ने प्रयास भए पनि पुरानो बस्ती उठाउन नसकेको डिभिजन वन कार्यालय डडेलधुरा प्रमुख रामविचारी ठाकुरले बताउनुभयो।

सरकारले भूमि व्यवस्था आयोगमार्फत अव्यवस्थित बसोवासी, सुकुमवासीलाई लालपुर्जा दिने गरी जग्गाको नापजाँच गरिरहेकाले अतिक्रमण हटाउन नसकेको उहाँको भनाइ छ।

२०६८ सालमा सरकारले स्वीकृत गरेको महाभारत संरक्षण कार्ययोजना अहिलेसम्म राजपत्रमा प्रकाशित हुन सकेको छैन। डिभिजन वन अधिृकत ठाकुरले भन्नुभयो, “१२ वर्षअघि बनेको कार्ययोजना कार्यान्वयनमा आउन नसक्दा अनधिकृत गतिविधिले मौका पायो।” अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशीले १२ वर्षको अवधिमा भएका अनधिकृत गतिविधिले महाभारत क्षेत्रको स्वरूप नै फेरिएको बताउनुभयो। यो अवधिमा वातावरणीय प्रभाव मूल्याङ्कनबिना जथाभाबी बनेका तीन सय जति सडकले आधाभन्दा बढी जङ्गल क्षेत्र अतिक्रमण गरेको छ, उहाँले भन्नुभयो।

जिल्ला वन अधिकृत सुरेश डिसीका अनुसार डेढ दशकमा महाभारतमा रहेका ७० प्रतिशत बढी पानीका स्रोत सुकेका छन्। उहाँका अनुसार जथाभाबी डोजर लगाएर बनेका सडकले धेरैजसो पानीका स्रोतले जमिनमुनिबाट बाटो फेरेका छन् भने अधिकांश स्रोत सुकेका छन्।

डडेलधुराको जीवन रेखा मानिएको महाभारत मासिन थालेपछि जिल्लाको एक लाखभन्दा बढी जनसङ्ख्याले सात वर्षदेखि जलसङ्कट बेहोरिरहेको छ। एक दशकमा झन्डै १८ हजार हेक्टर क्षेत्रफल अतिक्रमण भएको अनुमान गरिएको छ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० ११:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्