April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

शुल्क विवादका कारण इन्जिनियरिङ संस्थानले दोस्रोपटक स्थगित गर्‍यो प्रवेश परीक्षा

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १६:0४
शुल्क विवादका कारण इन्जिनियरिङ संस्थानले दोस्रोपटक स्थगित गर्‍यो प्रवेश परीक्षा


सिभिल र आर्किटेक्चर इन्जिनियरिङको प्रवेश परीक्षा दोस्रोपटक स्थगित

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयको सिभिल र आर्किटेक्चर इन्जिनियरिङको प्रवेश परीक्षा दोस्रोपटक स्थगित भएको छ ।इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले बुधबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि प्रवेश परीक्षा स्थगित गरेको जनाएको छ ।

आईओई डिनको कार्यालयले असोज १५ गते सूचना जारी गर्दै असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन हुने जानकारी गराएको थियो । बुधबार प्रकाशित सूचनामा भने प्रवेश परीक्षा बोर्डका पदाधिकारीले सामूहिक राजीनामा दिएका कारण परीक्षा स्थगित उल्लेख छ ।

यसअघि भदौ १९ गतेदेखि हुने भनिएको परीक्षा पनि आईओईले भर्ना शुल्कबारे विवाद भएको भन्दै शुल्क समायोजन लागि भन्दै भदौ ९ गते सूचना जारी गरेर स्थगित गरेको थियो ।

यही शैक्षिक सत्रदेखि बी.ई र बी.आर्कको शुल्क वृद्धि गर्ने निर्णयपछि स्वतन्त्र विद्यार्थी युनियन र आईओईबीच भदौयता पटक पटक विवाद हुँदै आएको छ ।

यही शैक्षिक सत्रदेखि चारवर्षे बी.ई र बी आर्क अध्ययनको पूर्ण शुल्क सात लाख ७७ हजार ४२० रुपैयाँ पु-याउने आइओइको निर्णय थियो । जुन शुल्क यसअघि तीन लाख १८ हजार रुपैयाँ थियो ।

यसबीचमा आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरूसँग पुरानै शुल्कमा भर्ना लिने डिन कार्यालयको सहमति भएपनि अहिले आईओई पुरानो शुल्कमा भर्ना गर्न तयार छैन ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।