April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? उपनिर्वाचन : आजबाट प्रचारप्रसार निषेध सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द

प्रधानमन्त्रीको गुनासो- भारतबाट फर्किँदा भव्य स्वागत हुन्छ भन्ठानेको थिएँ, त्यस्तो पाइनँ

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:५४
प्रधानमन्त्रीको गुनासो- भारतबाट फर्किँदा भव्य स्वागत हुन्छ भन्ठानेको थिएँ, त्यस्तो पाइनँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणबाट फर्कने क्रममा आफ्नो भव्य स्वागत हुन्छ भन्ने सोचेर फर्केपनि त्यस्तो नपाएको गुनासो गरेका छन् ।

राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपालका लागि युगान्तकारी काम भएको जिकिर गरे ।

उनले भने, ‘सीमासम्बन्धी समस्या हल गरिन्छ हामीले त भनेकै कुरा हो । भारतीय प्रधानमन्त्रीले पनि पहिलो चोटि भन्ने परिस्थिति सिर्जना गरियो । त्यसकारण हामीले गर्व गर्न पर्दछ । मलाई त लागेको थियो मैले भारत भ्रमणको उपलब्धिबारे अघि जुन पढेँ, देशले सींगै के सत्तापक्ष के प्रतिपक्ष नागरिक समाज सबैले नै मलाई बधाई दिन्छन् भन्ने सोचेर आएको थिएँ । स्वागत हुन्छ भव्य किनभने नेपालका लागि युगान्तकारी काम भएका छन् भन्ने सोचेको थिएँ ।’

सीमा समस्या समाधान गर्ने भनेर दुई देशको प्रधानमन्त्रीले एकैठाउँबाट प्रतिबद्धता गर्नु सानो उपलब्धि नभएको बताए । उनले सीमाको विषयलाई लिएर भारतसँग सम्बन्ध नै बिगार्ने गरी अतिरंजित प्रचार गरेको आरोप लगाए । भूमि साटफेरको विषय आफूले नउठाएको जिकिर गर्दै पहिल्यैदेखि चल्दै आएको बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।