May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १२:५८
गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो

काठमाडौं ।।

  • रामबहादुर रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो
  • रानामगरजीको गाडीमा मोविल पोखिएको रहेछ
  • माननीयज्यूलाई कालोमोसो दलिएको भन्ने सत्य होइन

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोसी प्रदेशका पूर्वमन्त्री तथा एमाले संसदीय दलका उपनेता रामबहादुर रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा कोसी प्रदेशका पहिचानवादी आन्दोलनबारे ब्रिफिङ गरेका गृहमन्त्री श्रेष्ठले रामबहादुर रानामगरलाई अवरोध गरिएको भएपनि कालो मोसो दलिएको भन्ने हल्ला झुटो भएको बताए । “रामबहादुर रानामगर सवार गाडीमा पहिचान पक्षधरले सडकमै ढुंगामुढा राखेर अवरोध गरेको देखियो । त्यस क्रममा रानामगरजीको गाडीमा मोविल पोखिएको रहेछ,” श्रेष्ठले भने, “माननीयज्यूलाई कालोमोसो दलिएको भन्ने सत्य होइन ।”

उनले रानामगरले आफूसँगको कुराकानीमा प्रहरीले खेलेको भूमिकाको प्रसंशा गरेको बताए । “यस सम्बन्धमा माननीयजीसँग सम्पर्क गर्दा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकाप्रति अन्त्यन्तै प्रशन्नतासहित धन्यवाद भन्नुभएको छ,” श्रेष्ठले भने, “उदयपुरमा पनि सर्पदंश उपचारकेन्द्रमा भेन्टिलेटर राख्न जाँदा समेत अवरोधको प्रयास भएको थियो ।” प्रदेश उपसभामुख सृजना दनुवारसहितको टिममा रहेको वा २ झ ३७३८ नम्बरको गाडीको झण्डा भिकेर भागेको, अर्को गाडीमा क्षतिपपुगेको भएपनि मानवीय समस्या भने नआएको बताए ।

डीएसपीको गाडी अघि बढेको समयमा ट्रकले रोकिएपछि त्यही मौकामा मोटरसाइकलमा आएका पहिचानवादीले झण्डा भिकेर ढुंगा प्रहार गरी भागेको उनले बताए । उनले गाडी तोडफोड गरेर भाग्नेलाई पनि प्रहरीले खोजी गरिरहेको बताए । उनले प्रदेशसभाको नामकारणदेखि नै सुरूभएको आन्दोलनका कारण प्रदेश सभासञ्चालन गर्न समेत अवरोध भएको बताए ।

“आन्दोलनकारी शक्ति र नेताहरूसँग वार्ता गरी सम्झौता गरेर प्रदेशसभा सञ्चालन हुने वातावरण निर्माण गरियो । प्रदेश सरकारका तटर्फबाट पनि सबै समस्याका समाधान वार्ताको माध्यामबाट राजनीतिक ढंगले गर्ने समझदारी गरेर अघि बढाएको छ,” श्रेष्ठले भने, “तर, प्रदेशसभामा अवरोध गर्ने, मुख्यमन्त्री मन्त्री र सांसदहरूलाई निषेध गर्ने, कोसी प्रदेश उल्लेख भएका साइनबोर्ड हटाउने लगायतका गतिविधि अझै पनि जारी छ ।”

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १२:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट