March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन

अनिश्चितकालका लागि नेपाल मेडिकल कलेजको ओपीडी सेवा बन्द

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १२:५४
अनिश्चितकालका लागि नेपाल मेडिकल कलेजको ओपीडी सेवा बन्द

काठमाडौं।।

  • अत्तरखेलस्थित नेपाल मेडिकल कलेज
  • बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द
  • ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रिया लागि भर्ना गरिए पनि 
  • धितालको ३० जेठमा उपचारको क्रममा मृत्यु भयो
  • ओपीडी सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ। अस्पतालले प्रशासनले बुधबार एक सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ।

२८ जेठमा गोकर्णेश्वर नगरपालिका, माकलबारीका ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रिया लागि भर्ना भएका थिए।तर, धितालको ३० जेठमा उपचारको क्रममा मृत्यु भयो। तर, बिरामीको स्वास्थ्य अवस्था जटिल हुँदा पनि चिकित्सकले जानकारी नगराएको भन्दै मंगलबार बिरामीका आफन्तले आन्दोलन र तोडफोडमा उत्रिएका थिए।

धितालको मृत्युपछि उनका आफन्तले अस्पताल परिसरमा नाराजुलुस, हुलहज्जत गरी अस्पताले टोडफोड जस्ता अवाञ्छित क्रियाकलाप गरेको प्रशासनले जनाएको छ।

‘अस्पतालमा कार्यरत चिकित्सकीय सेवा प्रदायक चिकित्सक तथा अन्य कर्मचारीलाई कुटपटि गर्ने अप्रिय शब्द प्रयोग गरी अस्पताल सुचारु हुन नदिने काम भयो’ सूचनामा भनिएको छ, ‘तत्काल यस्ता अवाञ्छित तत्वहरुलाई नियन्त्रणमा लिई कारवाही हुन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म यस अस्पतालको इमर्जेन्सीबाहेक सम्पूर्ण ओपीडी सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।’

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट