May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

नीतिगत भ्रष्टाचारको छाया सरकार देखी गाउँ सम्म पुगेको छ : सांसद श्रेष्ठ

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १६:२२
नीतिगत भ्रष्टाचारको छाया सरकार देखी गाउँ सम्म पुगेको छ : सांसद श्रेष्ठ

काठमाडौं ।।

  • नीतिगत भ्रष्टाचारको छाया प्रदेश र स्थानीय सरकारमा पनि देखिएको
  • नीतिगत भ्रष्टाचार अख्तियारको क्षेत्रमा ल्याउन नखोज्नुमा शंका लाग्छ
  • संघीयताको आकर्षक नारासँगै नीतिगत भ्रष्टाचार पनि सिंहदरबारबाट गाउँ गाउँ पुगेको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले केन्द्रमा हुने नीतिगत भ्रष्टाचारको छाया प्रदेश र स्थानीय सरकारमा पनि देखिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले नीतिगत भ्रष्टाचार अख्तियारको क्षेत्रमा ल्याउन नखोज्नुले पनि शंका उब्जिएको बताए । उनले अख्तियार ऐनलाई पटकपटक संशोधन गर्दा पनि नीतिगत भ्रष्टाचारको विषय समावेश नगर्नाले नियतिमाथि नै प्रश्न उठाउने ठाउँ रहेको बताए ।

“नीतिगत भ्रष्टाचारको अवस्था देशमा भयाबह बन्दै गएको छ,“ उनले भने, “सर्वेक्षणबाट संघबाट प्रदेश हुँदै स्थानीय तहसम्म पुगेको देखिन्छ ।

संघीयताको आकर्षक नारासँगै नीतिगत भ्रष्टाचार पनि सिंहदरबारबाट गाउँ गाउँ पुगेको छ ।“ सांसद श्रेष्ठले समयमै नीतिगत भ्रष्टाचार रोक्न नसके संघीयता नै खतरामा पर्ने पनि बताए ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १६:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।