May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

अमेरिकालाई होइन आफैँलाई बचाउन ट्रम्पको चुनावी अभियान

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १४:0८
अमेरिकालाई होइन आफैँलाई बचाउन ट्रम्पको चुनावी अभियान

अमेरिकी नागरिकका जटिल मुद्दालाई सम्बोधन गर्नुपर्ने चुनावी अभियानलाई उनले आफूमाथि लागेको फौजदारी अभियोगको प्रतिक्षा गर्ने थलो बनाउने गरेका छन् ।

फौजदारी अभियोग लागेका पहिलो पूर्व राष्ट्रपति ट्रम्प गत साता मियामीस्थित क्लबमा पुगे । ह्पाप्पी बर्थडे गीत गाएर र आफ्ना समर्थकको प्रशंसामा उत्रिए ।

त्यसपछि न्युजर्सीकफ गल्फ क्लबमा पुगेर आफ्नो बचाउ गरे । दुई पटक महाअभियोग खेपेका र संघीय अदालतमा ३७ वटा मुद्दा खेपिरहेका उनले आफू निरंकुश सरकारको शिकार भएको दाबी गरे ।

‘अहिले हामीले मुलुकमा शक्तिको चरम दुरूपयोग र निकै खराब सरकारको समाना गरिरहेका छौं । भ्रष्ट राष्ट्रपतिले प्रतिपक्षीलाई दमन गरिरहेका छन् । झुटो मुद्दामा दुख दिइरहेका छन् । राष्ट्रपतीय निर्वाचनको संघारमा म माथि साँधिएको प्रतिशोधले पूर्व राष्ट्रपति सहित वर्तमान राष्ट्रपति लज्जित हुनेछन् र वर्तमान राष्ट्रपति चुनावमा नराम्रोसँग पराजित हुनेछन्,’ ट्रम्प कड्किए ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचन प्रभावित पार्न खोजेका ट्रम्पले बाइडेनलाई मुलुकलाई फाँसीवादतर्फ उन्मुख गराउन खोजेको आरोप लगाए ।

गोप्य दस्तावेज अमेरिकी सरकारको सम्पत्ति रहेकाले त्यसलाई राख्ने अधिकार आफूसँग रहेको भन्दै आफ्नो बचाउ गरे । उनका अभिव्यक्ति अमेरिकी इतिहासमै विडम्बनापूर्ण छ । विभाजनकारी तमाशा मच्याएका ट्रम्पले फौजदारी अभियोगमा आफू दोषी नरहेको विन्ती गरिरहेका छन् । तर अदालतले उनी दोषी प्रमाणित गर्ने अधिक सम्भावना छ ।

ट्रम्पका एकपछि अर्को विवादास्पद अभिव्यक्ति सुन्दा यस्तो लाग्छ कानुनको अवहेलनालाई उनी सहजनै मान्छन् । आफूले सिर्जना गरेको परिस्थितिको गाम्भिर्यतालाई वेवास्ता गर्दै उनले फेरि आफ्नो व्यक्तिगत र राजनीतिको महत्वांकाक्षालाई अघि सारे ।

राजनीतिक र व्यक्तिगत स्वार्थका लागि उनले मुलुकको आन्तरिक तथा आणविक सुरक्षा तथा सैन्य रणनीति समक्ष गोप्य कागजातको संवेदशनशीलताप्रति उनले मजाक उडाए ।

मुलुकका गोप्य कागजातप्रति असंवेदनशील ट्रम्पले अहिले आफू राजनीतिक शिकार भएको भन्दै आफ्नो जबरजस्त बचाउ गरिरहेका छन् ।

‘हाम्रो सरकार लगाम बाहिर जन खोजेको छ । हामीले यस्तो सरकार पायौँ जो नियन्त्रण बाहिर जाँदैछ,’ ट्रम्पले भने ।

आफूविरुद्धको फौजदारी अभियोगमा निर्मम अनुसन्धान गरिरहेको राज्य संयन्त्रलाई बदनाम गर्न ट्रम्प लागिपरेका छन् । उनले हाल जेजति अभिव्यक्ति दिएका छन् त्यो उनको राजनीतिक रणनीतिमात्रै छैन । यो उनको चुनावी अभियानको रणनीतिनै बनेको देखिन्छ ।

ह्वाइटहाउसको यात्राका लागि ट्रम्पले राजनीतिक अभियान भन्दा पनि आफ्नो बचाउमा खर्चेका छन् । अदालतमा उनीविरूद्धको मुद्दा जारी छ । तर उनले राष्ट्रपतिको अख्तियारी लिएर फेक शक्तिशाली हुने महत्वकांक्षा पालिरहेका छन् ।

उनीमाथिका अभियोग पुष्टी भएमा ट्रम्प अमेरिकी इतिहासकै हाइप्रोफाइ अपराधी हुनेछन् र उनी जेल चलान हुनेछन् । ‘ट्रम्प अमेरिकालाई बचाउन होइन आफूलाई बचाउन र न्यायिक प्रणालीलाई ध्वस्त पार्नका लागि चुनाव लड्दैछन्,’ राजनीतिक मामिला सम्बन्धी टिप्पणीकार मान जोश भन्छन् ।

अदालतको फैसला ट्रम्प स्वयं र उनका विरोधीका लागि महत्वपूर्ण छ । योसँगै ३ वटा राष्ट्रपतीय निर्वाचन अनुसन्धानको घेरा र आरोपको समाना गरिरहेकै केन्द्रविन्दुमा हुन्छ ।

सन् २०१६ मा हिलारी क्लिन्टन विवादित थिइन् । सन् २०२० मा ट्रम्प स्वयंमलाई धाँधली गरेको आरोप लाग्यो । यदि सन् २०२४ मा रिपब्लिकनबाट राष्ट्रपतीय निर्वाचनको उम्मेदवार भएमा अर्को कार्यकालसम्म आपराधिक क्रियाकलाप बढ्नसक्छ । यसले लोकतन्त्रको विश्वसनियताप्रति गम्भीर प्रश्न खडा गर्नेछ ।

ट्रम्पले आफ्नो दलको प्रमुख नेताहरूलाई आफ्नो प्रतिरक्षामा उतारेका छन् । उदाहरणका लागि सभामुख केभिन क्यार्थीले ट्रम्पमाथिको अनुसन्धान राजनीति प्रतिशोध भनिदिए ।

तर ट्रम्पविरोधी स्वर पनि पार्टीमा सुनिन्छन् । दक्षिण क्यारोलिनकाकी पूर्व गर्भनर निक्की हेलीले ट्रम्पविरूद्धको अभियोग सही रहेको बताउँदै अएकी छिन् । उनी पनि ह्वाइटहाउस जानका लागि पार्टीभित्रको प्राइमरी चुनाव समाना गर्ने तयारी गरिरहेकी छिन् ।

यता पूर्व उपरराष्ट्रपति माइक पेन्सले पनि ट्रम्पका अभियोगको बचाउ गर्न नसकिने बताएका छन् । प्राइमरी चुनावमा ट्रम्पविरूद्ध उनलेनै पहिलो उम्मेदवारी दिएका थिए ।

पार्टीभित्रै विरोधी स्वर बढ्दै जानु र अदालतको फैसला विचाराधीन रहेको अवस्थामा २०२४ को निर्वाचन ट्रम्पको लागि जटिल छ ।

जटिलताकाबीच उनले अभियान जारी राखेका छन् । कानुनविरोधी गतिविधि गरेकोमा उनलाई कुनै पश्चताप र हिनताबोध देखिँदैनन् । उनी राज्यले आफूविरूद्ध षडयन्त्र गरेको देखिरहेका छन् ।

यदि अदालतले ट्रम्पले राज्यविरूद्ध षड्यन्त्र गरेको पुष्टी गरेमा उनी हिरासतमा जानेछन् । ट्म्प अचेल अदालतको कठघरामा बयान दिएको निमेसमै जनतामाझ पुग्छन् र सबै अभियोगको प्रतिरक्षा त्यहाँ पनि गर्छन् । ट्रम्प यसपटक अमेरिकालाई बचाउन नभएर आफैँलाई बचाउनका लागि चुनावी अभियान केन्द्रित गरिरहेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।