April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

ग्लोबल नेपलिज अर्गनाइजेसन द्वारा खेल सामाग्री खरिदका लागि रु ५०,०००   

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० २0:२१
ग्लोबल नेपलिज अर्गनाइजेसन द्वारा खेल सामाग्री खरिदका लागि रु ५०,०००   

काठमान्डौ।। अभिषेक दवाडी ।।

ग्लोवल नेपलीज अर्गनाइजेसन द्वारा प्रदेश नम्बर १ को  सुन्दरहरैचा नगरपालिकाको दुलारी डोजोलाई रु ५०,००० बराबरको खेल सामाग्री प्रधान गरिएको छ ।

इटहरीका कृष्ण गुरुङ पुर्व रास्ट्रय कराते खेलाडी साथै ८ औ साफ गेम्सका स्वर्ण पदक विजेता  समेत हुन् । उनि पनि दुलारी डोजोका संस्थापक  गुरु बिकास चौधरी  संग  प्रशिक्षण लिएका प्रशिक्षार्थी  एवम  कुसल खेलाडी  थिए । हाल मकाउमा रहेर पनि कराते खेलको विकासको निम्ति उनि लगायत उक्त ग्लोबल अर्गनाइजेसनले  सो ५०,००० बराबरको खेल सामाग्री उपलब्ध  गराएको  हो ।

उक्त  संस्थाका संस्थापक अध्यक्ष राज पाल कर्माचार्य हुन् हाल उनि यतिबेला जापानमा छन् । हाल संस्थाका  अध्यक्ष  सुरेन्द्रलाल श्रेष्ठ पनि क्यानेडामा  रहेका छन् भने कृष्ण गुरुङ सोहि संस्थाका सदस्य हाल मकाउमा रहेका छन् ।  कराते खेलको विकासको निम्ति ग्रामिण भेगमा खेल सामाग्री साथै रकम प्रधान गर्ने संस्थाको मूल उदेश्य रहेको श्रेष्ठ बताउछन ।

खेलाडीहरुको थप उर्जा र हौसला प्रधान गर्नको  लागी  सोहि संस्थाले कन्ट्री कोअडिनेटर निरज कर्माचार्य काठमान्डौ द्वारा उक्त खेल सामाग्री  रास्ट्रय कराते खेलाडी सागर राउत र रोजन खड्कालाई दिइएको थियो ।

खेल सामाग्री पाए बाफत ४ जना खेलाडीहरुलाई निशुल्क रुपमा प्रशिक्षण गराउने रास्ट्रय कराते खेलाडी रोजन खड्का बताउछन ।

उक्त कार्यक्रममा सुन्दरहरैचा ०६ नं वडाका वडा अध्यक्ष सन्तोष लिंग्देंन , मोरङ् कराते संघका सचिव प्रभाकर  राना  मगर लगायत बिभिन्न ब्यक्तितव साथै खेलाडीहरु को उपस्थित रहेको थियो ।

 

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० २0:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।