April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको मिलोमतोमा कपडा र राँंगाभैंसी तस्करी

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० ११:३३
सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको मिलोमतोमा कपडा र राँंगाभैंसी तस्करी

वीरगंज ।।

सीमा सुरक्षा, तस्करी र अवैध क्रियाकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरीकै मिलोमतोमा मासुजन्य राँंगाभैंसी, कपडा र किराना सरसामानको तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।

तस्करहरुले सशस्त्र प्रहरीसंग समन्वय गर्नको निम्ति लाखौं रुपैयाँ नजराना दिएपछि तस्करीको कार्य सुचारु भएको हो । प्रसौनीभाठा सिमानाका हुदै दिनप्रति दिन राँंगा,भैसी ,कपडा र किराना सामान लगायतका तस्कर गिरोहहरुले बोर्डर आउट पोष्ट (बिओपी) प्रसौनीभाठाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाले मासिक लाखौ रुपैया बुझे पश्चात तस्करीको लाईन दिएको सशस्त्र प्रहरी श्रोतले जानकारी दिएको छ । रातिको समयमा प्रति दिन लाखौं लाखको मालसामानहरु सीमा नाका हुदै आयात निर्यात हुने गरेको छ ।

अलि र नौसादलाई राँंगाभैंसी तस्करीको ठुलो लाईन 

सीमावर्ती क्षेत्र प्रसौनीभाठाबाट अलि र नौसादले मासुजन्य चौपाया रांगा भैंसी तस्करीको ठुलो लाइन पाएका छन् ।सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापालाई महिनाको २ लाख र माथिल्लो निकायको भाग पनि छुट्याएर बिओपीमार्फत पठाउने गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

प्रसौनीभाठाबाट अलि र नौसादले मासुजन्य चौपाया राँंगाभैसी भारत बिहारको विभिन्न ठाँउबाट खरिद गरि रातिको समयमा सशस्त्र प्रहरीसंगको सेटिङमा तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

प्रसौनीभाठाका अलि र नौसाद पर्सा जिल्लाको दक्षिण पश्चिमी सिमानाकामा हुने राँंगाभैंसी तस्करीका मुख्य नाइके हुन । परवानीपुर र जगरनाथपुर हप्तामा दुई पटक लाग्ने पशु हाटबजारको लागि ठूलो संख्यामा रोगी राँंगा भैंसी तस्करी गर्दै आएका छन् ।

प्रसौनीभाठाबाट कपडा तस्करीको लाइन पाउनेहरुको नामावली र सशस्त्र प्रहरीका निरीक्षक थापालाई बुझाउने दररेट सहित प्रसौनीभाठा सिमानाकाबाट कपडा तस्करीको लाइन आलम, अशोक, असलम र सरबदेवले पाएका छन । सशस्त्र प्रहरी निरीक्षक थापालाई आलमले १ लाख , अशोकले १ लाख , असलमले ७५ हजार र सरबदेवले ६० हजार रुपैयाँ महिनाको दररेटका हिसाबले बुझाएर ठुलो तस्करी चलिरहेको छ।

यिनिहरुले तस्करी गरेर ल्याएका कपडा केहुनिया, बिशरामपुर, पोखरिया, डकैला, परवानीपुर, जितपुर लगायतको ठाउँहरुमा संचालनमा रहेका कपडा पसलहरुमा दिने गरेका छन ।

श्रोत: रिपोट नेपाल

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० ११:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।