May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ 0८:३१
आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराती भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । मोहालीमा भएको खेलमा मुम्बईले पञ्जाब किंग्सलाई नौ रनले हरायो ।

एक सय ९२ रनको लक्ष्य पछ्याएको पञ्जाबलाई एक सय ८३ रनमा अलआउट गर्दै मुम्बईले आईपीएलको यो सिजनमा तेस्रो जित निकालेको हो । आशुतोश शर्माले विस्फोटक ब्याटिङ गरेपनि अन्तिम तीन ओभरमा मुम्बईका बलरले तीन विकेट लिँदा जित नजिक पुगेको पञ्जावले पराजय भोग्यो ।

७७ रन बनाउँदा ६ विकेट गुमाइसकेको पञ्जावका लागि आशुतोषले २८ बलमा दुई चौका र सात छक्का प्रहार गरेर ६१ रन बनाए । यस्तै शशांक सिंहले २५ बलमा ४१ रन बनाए ।

बलिङतर्फ जस्प्रित बुम्राह र जेराल्ड कोट्जीले तीन तीन विकेट लिए भने आकाश मधवाल, हार्दिक पाण्ड्या र श्रेयस गोपालले एक एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ९२ रन बनाएको थियो ।

यसका लागि सुर्यकुमार यादवले ५३ बलमा ७८ रन बनाए । उनले सात चौका र तीन छक्का प्रहार गरेका थिए । रोहित शर्माले ३६ र तिलक वर्माले अविजित ३४ रन बनाए ।
बलिङतर्फ हर्सल पटेलले तीन विकेट लिए भने साम करनले दुई तथा कागिसो रबाडाले एक विकेट हात पारे ।

जितसँगै मुम्बई ६ अंक बनाउँदै तालिकाको सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको पञ्जाव नवौं स्थानमा छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ 0८:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।