May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

प्रदेशको नामलाई अंकमा परिणत गरेपछि…..

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० १३:२४
प्रदेशको नामलाई अंकमा परिणत गरेपछि…..

काठमाडौं ।।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल भइरहेको छ ।

  • प्रदेशको नाम  १-२-३
  • सच्याउन माग
  • पुस्तकको पेज जम्बर ११ देखि १८ सम्म
  • प्रदेशको नामको सट्टा अंक
  • उड्ययन मन्त्रालयलाई कार्यसूचीबाट नै हटाइयो 

आइतबार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति पर्यटन तथा नागरिक उड्ययन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसबन्धी विनियोजन शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो । तर प्रदेशको नाम उल्लेख नगरेका कारण पर्यटन मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुन सकेन ।

मन्त्रालयगत योजना समावेश भएको पुस्तकमा प्रदेशको नामको सट्टा १-२-३ भनेर उल्लेख गरिएको थियो । एमाले सचेतक महेश बर्तौलाले यसमा नियमापत्ति गरे । मन्त्रालयगत योजना समावेश भएको पुस्तकमा उल्लेख भएको प्रदेश १-२-३ ‘ लाई आफूहरुले नचिन्ने भन्दै सच्याउन माग गरेका थिए ।

लगतै पर्यटनमन्त्री सुदन किराँतीले पुस्तकको पेज जम्बर ११ देखि १८ सम्म प्रदेशको नामको सट्टा अंक उल्लेख भएकाले सच्याएर ल्याउने बताए । लगतै सभामुखले मन्त्रीले सच्याएर ल्याउने प्रतिवद्धता जनाएको भन्दै अंकको ठाउँमा नाम मानेर मन्त्रालयगत छलफल अघि बढाउन आग्रह गरे ।

तर एमालेले मानेन । एमाले सचेतक बर्तौलाले कुस राखेजसरी मान्न नसकिने भन्दै सच्याएर नल्याएसम्म छलफल हुन नसक्ने बताए । त्यसपछि सभामुखले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई कार्यसूचीबाट हटाए ।

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० १३:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।