May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

पदाधिकारीहरुसंग बैठक बस्दै प्रचण्ड

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० ११:५६
पदाधिकारीहरुसंग बैठक बस्दै प्रचण्ड
  • नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न
  • प्रचण्डले आज अन्तिम दिन पदाधिकारी बैठक बोलाए
  • बैठक प्रज्ञा भवन कमलादीमा जारी

काठमाडौं ।।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न गर्नुअघि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे छलफल भइरहेको एक नेताले बताए । साथै संगठनात्मक कार्यविभाजन, विधान अधिवेशन लगायतका विषयबारे पनि पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ गतेदेखि प्रज्ञा भवन कमलादीमा जारी छ ।

बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको मौखिक प्रतिवेदन र उनीलगायत शीर्ष नेताहरूको जीवन शैलीलाई लिएर गम्भीर प्रश्नहरू उठाएका छन् । साथै, केहीले पार्टी अध्यक्ष प्रचण्डको जबर्जस्त प्रशंसा समेत गरेका छन् । बैठकमा उठेका प्रश्नको जवाफ आज अध्यक्ष प्रचण्डले दिएपछि बैठक समापन हुने छ । आज अन्तिम दिनको बैठक दिउँसो १ बजे बस्दै छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले अनलाइनखबरसँग भने, ‘केन्द्रीय समिति बैठकमा उठेका जिज्ञासाहरुको अध्यक्षले आज जवाफ दिनुहुन्छ । बैठकमा पेस भएका प्रतिवेदन पास हुन्छ र केही संगठनात्मक निर्णयहरु गरेर बैठक समापन हुन्छ ।’

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० ११:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।