April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै

प्रेम चलाउनेको मुद्दा सुनुवाइ भएन

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १२:३२
प्रेम चलाउनेको मुद्दा सुनुवाइ भएन

काठमाडौं ।।

जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निवेदन सुनुवाइ गर्न अस्विकार गरेको छ ।

  • निवेदन सुनुवाई गर्न अस्विकार
  • पेशीमा चढाएर मात्रै पेश गर्न आदेश
  • निवेदनको सुनुवाइ नै नगरी अर्को दिन पेशी तोक्न आदेश

नियम विपरित भएकोले माथि उल्लेखित चल्नुपर्ने । न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पेशीमा नचढाई निवेदन सोझै इजलासमा पेश भएको भन्दै त्यस्तो निवेदन सुनुवाई गर्न अस्विकार गरेको हो । न्यायाधीश श्रेष्ठले उक्त निवेदन पेशीमा चढाएर मात्रै पेश गर्न आदेश दिएका छन् ।

सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसबारे सोमबार निर्णय गरेको सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा निवेदन पेश गरेको थियो ।

त्यो निवेदन मुद्दाको पुरक निवेदनको रुपमा पेशीमा चढेर इजलासमा पुग्नुपर्नेमा सोझै मिसिल सहितको फाइल न्यायाधीशकोमा पुगेको थियो । मुद्दा फिर्ता लिने तयारी भएको थाहा पाउनासाथ प्रेम चलाउनेका कानून व्यवसायीहरु त्यसको प्रतिवाद गर्न जिल्ला अदालत पुगेका थिए ।

अधिवक्ताहरु स्वागत नेपाल, राधिका चौलागाई लगायतले सरकारको निर्णय प्रक्रियासम्मत नभएको भन्दै मुद्दा फिर्ताको निवेदनमा अनुमती दिन नहुने माग गरे । उनीहरुको मागपछि इजलासले निवेदनको सुनुवाइ नै नगरी अर्को दिन पेशी तोक्न आदेश गरेको हो ।

 

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १२:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।