May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

सञ्चारमन्त्री शर्मा : स्टाफ कलेजको व्यवस्था गरी आईटी जनशक्तिको विकासका गर्छौं

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० १५:0८
सञ्चारमन्त्री शर्मा : स्टाफ कलेजको व्यवस्था गरी आईटी जनशक्तिको विकासका गर्छौं
  • नागरिकसामू सूचना प्रविधिको पहुँच पुर्याउन सरकारले निरन्तर काम गरिरहेको
  • आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने
  • अबको १० वर्षमा सूचना प्रविधिमा उल्लेखनीय विकास हुने
  • डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि अधिकारप्राप्त संस्थाको खाँचो

 काठमाडौं ।।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै नागरिकसामू सूचना प्रविधिको पहुँच पुर्याउन सरकारले निरन्तर काम गरिरहेको बताएकी छन् ।

‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ को उदघाटन समारोहमा बोल्दै सञ्‍चारमन्त्री शर्माले सो कुरा बताएकी हुन् ।
सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने उनले बताइन् । ‘हामी सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि छुट्टै स्टाफ कलेजको व्यवस्था गर्छौं ।’

सबै नागरिकसामू सूचना प्रविधिको पहुँच पुर्याउन आवश्यक नीति बनाउने काम भइरहेको जानकारी उनले दिइन्।

सूचना प्रविधि क्षेत्र पुरानै नीतिले चलिरहेको बताउँदै उनले पुराना नीतिलाई समयानुकूल बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताइन्। ‘मन्त्रालय मात्र नभएर सरकारले मन्त्रीपरिषदमा पनि छलफल गरिरहेका छौं,’ उनले भनिन्, ‘अबको १० वर्षमा सूचना प्रविधिमा उल्लेखनीय विकास हुनेछ।’

सरकारसँग समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्कलाई पूर्ण कार्यान्वयन गर्न कठिन भएको उनले बताइन्। उनले भनिन्, ‘डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि अधिकारप्राप्त संस्थाको खाँचो छ । यसका लागि मन्त्रालयमा छलफल भइरहेको छ।’

सूचना प्रविधिबाट हुन सक्ने दुरूपयोग रोक्न मन्त्रालय सचेत रहेको र सरकारले डिजिटल साक्षरतामा काम गर्न खोजिरहेको उनले बताइन्।

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० १५:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।