sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एभरेष्ट बैंक चोरीका मुख्य डिजाइनर निरज जेल चलान

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १२:५0
एभरेष्ट बैंक चोरीका मुख्य डिजाइनर निरज जेल चलान
  • मुख्य योजनाकार निरज प्रधान पुर्पक्षका लागि जेल चलान
  • अन्य कर्मचारीहरु भने धरौटीमा छुटे
  • मुद्धा अझै सकिएको छैन
  • एभरेष्ट बैंकमा रहेको ग्राहकको करोडौं रकम चोरी भएको थियो

काठमाडौँ ।।

एभरेष्ट बैंकबाट ग्राहकको पैसा चोरी गरेको प्रकरणमा पक्राउ परेकाहरुमध्ये घटनाका मुख्य योजनाकार निरज प्रधान पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत सुनसरीले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने फैसला सुनाएसँगै उनी जेल चलान भएका हुन् ।

पक्राउ परेका अन्य कर्मचारीहरु भने धरौटीमा छुटेका छन् । यो मुद्धा अझै सकिएको भने छैन । मुद्धा किनारा लाग्न अझै केहि समय लाग्नेछ ।

बैंकले कनेक्ट आईपीएस प्रयोग हुने कम्प्युटर र भेरिफाई गर्ने कम्प्युटरको युजर र पासवर्डलाई जसले पनि प्रयोग गर्न मिल्ने गरी राख्न दिएर बैंकले चरम लापरवाही गर्दा एभरेष्ट बैंकमा रहेको ग्राहकको करोडौं रकम चोरी भएको थियो ।

बैंकले आन्तरिक अनुसन्धान गर्दा आफ्नै कर्मचारी निरज प्रधानले ग्राहकको खाताबाट पैसा चोरेको पाइएपछी प्रधानलाई प्रहरीको जिम्मा लगाएको थियो । तर प्रधानले अन्य कर्मचारीको पनि नाम बयानका क्रममा लिएपछि प्रहरीले अन्य कर्मचारीहरुलाई पनि पक्राउ गरेको थियो ।

अन्ततः अदालतले अन्यलाई धरौटीमा छोड्ने र प्रधानलाई पुर्पक्षका लागि जेल चलान गर्ने फैसला सुनाएसँगै प्रधान जेल चलान भएका हुन् ।

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid