May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

एभरेष्ट बैंक चोरीका मुख्य डिजाइनर निरज जेल चलान

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १२:५0
एभरेष्ट बैंक चोरीका मुख्य डिजाइनर निरज जेल चलान
  • मुख्य योजनाकार निरज प्रधान पुर्पक्षका लागि जेल चलान
  • अन्य कर्मचारीहरु भने धरौटीमा छुटे
  • मुद्धा अझै सकिएको छैन
  • एभरेष्ट बैंकमा रहेको ग्राहकको करोडौं रकम चोरी भएको थियो

काठमाडौँ ।।

एभरेष्ट बैंकबाट ग्राहकको पैसा चोरी गरेको प्रकरणमा पक्राउ परेकाहरुमध्ये घटनाका मुख्य योजनाकार निरज प्रधान पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत सुनसरीले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने फैसला सुनाएसँगै उनी जेल चलान भएका हुन् ।

पक्राउ परेका अन्य कर्मचारीहरु भने धरौटीमा छुटेका छन् । यो मुद्धा अझै सकिएको भने छैन । मुद्धा किनारा लाग्न अझै केहि समय लाग्नेछ ।

बैंकले कनेक्ट आईपीएस प्रयोग हुने कम्प्युटर र भेरिफाई गर्ने कम्प्युटरको युजर र पासवर्डलाई जसले पनि प्रयोग गर्न मिल्ने गरी राख्न दिएर बैंकले चरम लापरवाही गर्दा एभरेष्ट बैंकमा रहेको ग्राहकको करोडौं रकम चोरी भएको थियो ।

बैंकले आन्तरिक अनुसन्धान गर्दा आफ्नै कर्मचारी निरज प्रधानले ग्राहकको खाताबाट पैसा चोरेको पाइएपछी प्रधानलाई प्रहरीको जिम्मा लगाएको थियो । तर प्रधानले अन्य कर्मचारीको पनि नाम बयानका क्रममा लिएपछि प्रहरीले अन्य कर्मचारीहरुलाई पनि पक्राउ गरेको थियो ।

अन्ततः अदालतले अन्यलाई धरौटीमा छोड्ने र प्रधानलाई पुर्पक्षका लागि जेल चलान गर्ने फैसला सुनाएसँगै प्रधान जेल चलान भएका हुन् ।

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।