April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

झण्डै ५९ करोड बजेट नगरपालिकाले ल्यायो

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १२:0७
झण्डै ५९ करोड बजेट नगरपालिकाले ल्यायो
  • नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०-०८१ का लागि अनुमानित ५९ करोडको बजेट ल्यायो 
  • नीति तथा कार्यक्रमसहित अनुमानित ५८ करोड ८८ लाख ९५ हजारको बजेट प्रस्तुत

जनकपुरधाम ।।

धनुषाको सबैला नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०-०८१ का लागि अनुमानित ५९ करोडको बजेट ल्याएको छ ।

शनिबार भएको नवौं नगरसभामा नगरप्रमुख कारीराम यादवले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित ५८ करोड ८८ लाख ९५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, स्वरोजगार लगायतलाई समेटेर नीति तथा कार्यक्रम मेयर यादवले प्रस्तुत गरेका हुन् । बजेट भने नीति तथा कार्यक्रम अनुसार नगरसभामा छलफल गरी चालु तथा पुँजीगत गरी विनियोजन गरी पास गरिने मेयर यादवको भनाइ छ ।

बजेटको स्रोत संघीय सरकारको सशर्त अनुदान २३ करोड ३ लाख, राजश्व बाँडफाटअन्तर्गत ११ करोड ५५ लाख ८ हजार र समान्यीकरण अनुदान १३ करोड ७८ लाख गरी ४८ करोड ३६ लाख ८ हजार रहेको छ भने प्रदेश सरकारको एक करोड ५२ लाख र पालिकाको आन्तरिक स्रोतबाट ९ करोड रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णा पौडेलले जानकारी दिए ।

मेयर यादवको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री भरत साहको प्रमुख आतिथ्यमा नगरसभाको उद्घाटन सत्र सम्पन्न भएको हो । कार्यक्रममा उपप्रमुख रहिमा खातुनसहित जनप्रतिनिधि, कर्मचारी, विभिन्न दलका प्रतिनिधि स्थानीय लगायतको सहभागिता रहेको थियो ।

 

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १२:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।