May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

पर्यटकको ज्यादतीले पिडामा इलामका होटल व्यवसायीहरु

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १५:४८
पर्यटकको ज्यादतीले पिडामा इलामका होटल व्यवसायीहरु

 

इलाम । देवी प्रसाद पौडेल ।।

तितो सत्य यहि रहेछ !!! इलाम पर्यटकिय जिल्ला हो,  यहाँ आन्तरिक दोस्रो र तेस्रो मुलुकका समेत पर्यटकहरु आउने गरेको पाइन्छ । यहाँ आउने होस या इलामकै बाटो गरेर पाथिभरा वा कञ्चनजंघा जाने पर्यटक होस, इलाम आउने सवै भन्दा वढि धार्मिक पर्यटकहरु नै  पाइन्छ । दोस्रोमा  सहकारी भ्रमण , तेस्रोमा  विधार्थी पर्यटक , चौथोमा मनमोहक तथा मनोरम  दृश्यहरु  अवलोकन गर्ने पर्यटक,  पाँचौमा अफिसियल कामको लागि आउने पर्यटक , छैठौमा  व्यापारीक पर्यटक र अन्य रेडपाण्डा चरा तथा चिया अवलोकन साथै  रिसर्च गर्न आउने गरेका छन पर्यटकहरु ! साथै म्युजिक भिडियो तथा फिल्म छायांकनका लागि पनि  सिनेकर्मीहरुलाई आकर्षित गर्ने गरेको छ इलामले !

२०७२ सालको महाभुकम्प अगाडी पर्यटक आउने क्रम बढ्दो नै  थियो । महाभुकम्प पछि न्यून अवस्थाबाट  माथि उठ्दै गएको थियो ( २०७२ सालमा  १४ हजार , २०७३ सालमा  ३६ हजार , २०७४ सालमा ६३ हजार , २०७५ सालमा  १ लाख ३६हजार ,२०७६सालमा १६ लाख ६३ हजार जोरकलसको तथ्याङ्क रहेको छ ) तत्पस्चात  पुन कोभिडले पर्यटक आगमनलाइ  न्यून बनाएको थियो भने  पुन पर्यटक को संख्या वढ्दै गएको अवस्थालाइ आर्थिकमन्दिको कारण सामान्य बनाएको छ । कोभिड र आर्थिक मन्दिको कारण केही होटल तथा रेष्टुरेण्ट बन्द समेत भएका छन ।

इलाम जिल्लामा साना चिया पसल देखि सुविधा सम्पन्न ४५० भन्दा वढि होटलरुले जिल्लाका विभिन्न गन्तव्यहरुमा सेवा सुविधा दिइरहेका छन ।

होटलहरुको आफ्नो सेवा सुविधा खानाका परिकार आफ्नै नियमहरु छन । खास गरेर इलाम बजार , इलाम सदरमुकाम , इलाम न. पा . भित्र १२० भन्दा वढि साना ठुला होटलहरु भए पनि पर्यटकलाइ खान र वस्न साथै अन्य सेवा सुविधा दिने होटलहरु ३०देखि ३२ वटा मात्रै  रहेका छन भने धेरै होटलहरु कामदार राखेर अर्धदक्ष वा कोरा कामदारहरु वाटै पारिवारिक रुपमा चलाइएको पाइन्छ भने केही होटलहरुमा  केही दक्ष कामदारहरु वाट व्यवसायीक रुपमा संचालनमा छन।

होटलहरुको आफ्नै समस्या छ , दक्ष कामदार नपाउनु , कामदार दिगो नहुनु , घरभाडा बढिहुनु , वजार महङ्गी हुनु , बाँकि खाने पैसा समयमा नतिर्ने , अफिसियल कार्यक्रम गरे कमिसन दिनुपर्ने , स्थानियहरुले  होटलमा खाइदिने बानी नहुनु , होटल व्यवसायलाइ के सोचेर हो- पर्यटक वा यात्रुहरुको व्यवहारले थर्काउने पावर देखाउने , होटल हेरेर मन पराएर वस्ने मिनो हेरेर खाने अनि महङ्गो भो यो भएन उ भएन भन्ने , पारिवारिक हिसावले चलाएका होटलहरुमा अन्धधुन्द बोलिदिन खोजिदिने , बन्द गर्ने समय भन्दा वढि बस्नखोज्ने अटेर गर्ने थुप्रै समस्या भएको सुनाउछन होटल व्यवसायीहरु।

होटलमा वसेर वहाना वनाएर पैसा मागेर भाग्नेहरुको पनि कमि छैन  इलाममा   ( खै पर्यटक हुन कि के भनौ ) यो होटलको समस्याको विषयमा कुरा उठाउने  गतिलो पत्रकार वा मिडिया चाहिएको व्यवसायीहरु बताउछन । भुक्तभोगि व्यवसायी भन्छन: हल्का बाटोमा खाएर आएका पर्यटकको डिमाण्ड र अडर अनि व्यवहारले निकै सचेत भएर मात्र राख्नुपर्छ, केही त यस्ता पनि हुदो रहेछन- मेरो हेल्मेट स्क्याच भएछ, मेरो यस्तो थिएन तपाइको होटलमा कस्ले यस्तो गर्यो ?? त्यो पनि भन्न छोड्दैनन !

कोही कोही पर्यटकले  मेरो सामान हरायो, यो हरायो ,उ हरायो एक दुई जना व्यवसायीले त आफ्नो  होटलको बदनाम होला भनेर डरले पनि  ६ देखि  १० हजार  सम्म दिएर खान वस्न छुट सहित दिएर पठाएको वताउछन । त्यसैले होटललाइ दोष दिएर वा काल्पनिक पात्र बनाएर होटलको बदनाम हुने समचार पोष्ट नगरौ भन्छन व्यवसायीहरु !

सत्यतथ्य समाचार वनुन सत्यकुरा बाहिर आउन गलत कसै बाट हुनुहुदैन,  कुनै अमुक होटलमा गलत भए वा गरे किटान गरेर समचार बनिनु पर्छ।  सिङ्गो इलाम वा इलामेली व्यवसायीहरुलाइ आँच आउने गरि समाचार बनिनु हुदैन। पर्यटन ब्यवासायिका लागी होटल र यातायात क्षेत्रलाइ दोष दिएर अरु उम्कनु भन्दा  सबै  पक्ष र तह तप्का  बाट राम्रोको लागि पहल गरियो भने  परिवर्तन सम्भव छ भन्ने इलामका एक बुद्धिजिवीले आफ्नो कथन पंक्तिकारलाइ सुन्नाएका छन्। आउने दिनमा चाडै भन्दा चाडै पर्यटक मैत्रि होटलहरु र यातायातहरुको लिष्टिङ शार्वजनिक गर्ने कुरा होटल ब्यावसायी संघ इलामका एक सदस्यले हामीलाई बताउछन।

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १५:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।