May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक

एपीएफ क्लबले जित्यो प्रधानमन्त्री कपको उपाधि

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १४:0६
एपीएफ क्लबले जित्यो  प्रधानमन्त्री कपको उपाधि

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले बुधबार खेलिएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै उपाधि चुमेको हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको एपीएफ क्लबले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एकसय तीन रनमात्र बनाउन सक्यो ।

कोशी प्रदेशका लागि ओपनर रुविना क्षेत्रीले अर्धसतकीय पाली खेलिन् । आक्रामक रुपमा प्रस्तुत भएकी उनले टोलीका लागि ६२ रनको योगदान गरिन् । टोलीकी कप्तानसमेत रहेकी अनुभवी खेलाडी रुविनाले केवल ५८ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काइन् ।

कप्तान रुविना अन्तिम ओभरको पहिलो बलमा आउट भएकी थिइन् । करुणा भण्डारीको बलमा उनी स्टम्पिङ हुन पुगिन् । महत्वपूर्ण क्षणमा रुविना आउट हुनु नै विजयलक्ष्य नजिक पुगिसकेको कोशी प्रदेशका लागि दूर्भाग्य बन्न पुग्यो । अर्की ओपनर अप्सरी बेगम भने आठ रन बनाउँदै पेभेलियन फर्किइन् । उनी रनआउट भएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी काजल श्रेष्ठले पनि टोलीको खातामा २२ रन थपिन् । उनले २९ बलको सामना गरी एक चौका पनि हिर्काइन् ।

केवल १९ रनको कुल स्कोरमा पहिलो विकेट गुमाएको कोशीको स्कोरलाई त्यसपछि रुविना र काजलले ७९ रन रनको स्थितिसम्म पु¥याएका थिए । लकिता राजवंशीले ६ रन बनाइन् । कोशी प्रदेशले अतिरिक्त रुपमा तीन रन पाएको थियो । एपीएफ क्लबकी बलर सीता रानामगर र करुणा भण्डारीले एक–एक विकेट लिए ।

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १४:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।