sweet bonanza
February 6, 2026 | शुक्रबार, माघ २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

२ अर्ब ३३ करोड गोदावरीको बजेट

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १२:५९
२ अर्ब ३३ करोड गोदावरीको बजेट
  • आर्थिक वर्ष २०८०-८१ का लागि दुई अर्व ३३ करोड रुपैयाँको वार्षिक बजेट
  • पूर्वाधार विकासका लागी ३५ करोड , स्वास्थ्य क्षेत्रमा ३ करोड , शिक्षामा ५ करोड 

काठमाडौं ।।

ललितपुरको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि दुई अर्व ३३ करोड रुपैयाँको वार्षिक बजेट ल्याएको छ । उपप्रमुख मुना अधिकारीले नगरसभामा प्रस्तुत गरेको बजेटले पूर्वाधार विकासमा ३५ करोड , स्वास्थ्य क्षेत्रमा ३ करोड , शिक्षामा ५ करोड रुपैयाँ छुट्याएको छ ।

सम्पदा संरक्षण, खानेपानी, खेलकुद तथा खेल पूर्वाधार निर्माण, दमकल खरिद, नगर बस संचालनका लागि २२ करोड बजेट छुट्याइएको छ । नगरपालिकाले कृषितर्फ १ करोड ५० लाख बजेट विनियोजन गरेको उप प्रमुखले नगरसभामा प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा उल्लेख छ ।

गोदावरी नगरपालिकामा रहेको १४ वटा वडामध्ये धेरैजसो वडाहरु कृषि उत्पादनका लागि योग्य जमिन भएका वडा छन् । नगरभित्रका वडाहरुका लागि प्रति वडा १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

सडक बत्तीका लागि ३ करोड, फोहोर मैला व्यवस्थापन, तरकारी बजार सञ्चालन, स्वरोजगार कार्यक्रम, सिंचाइ, पर्यटकीय पदमार्ग निर्माण र सूचना प्रविधिका लागि १-१ करोड रुपैयाँ विनियोजन गरेको बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गोदावरी नगरपालिकाका प्रमुख महर्जनले स्वास्थ्य र शिक्षासँगसँगै पूर्वाधारलाई यो बजेटले प्राथमिकता दिएको बताए ।

तरकारीको पकेट क्षेत्रका लागि बीउ वितरण गर्ने, महिला उद्यमी र किसानहरुलाई अनुदान तथा व्याज सहुलियत सहित ऋण कार्यक्रमहरु लागू गर्ने, धार्मिक पर्यटनलाई जोड दिने लगायतका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए ।

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid