April 18, 2024 | बिहिबार, बैशाख ६, २०८१
सुचनाहरु
मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे सेयर बजार दोहोरो अंकले घट्यो सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी एमाले र माओवादीले कोशीमा पेश गरे संकल्प प्रस्ताव सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी अशोक दर्जीलाई लिएर ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै मनकामना केबलकार भोलि बन्द हुने कोशीका मुख्यमन्त्री कार्की अल्पमतमा : ६० सांसद प्रतिपक्षमा बस्दा सत्तापक्षमा ३३ जनामात्रै मोरङमा भेला र प्रदर्शन गर्न रोक शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत ‘मनसरा’को ट्रेलर सार्वजनिक एन्फा उपाध्यक्ष दावा लामा छुटे एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार,आज शपथ स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही हुने धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद हत्याको आशंकामा युवतीको जलाइरहेको शव बरामद

प्रधानमन्त्रीलाई बालेन शाहसँग तत्काल वार्ता गर्न गगन थापाको अनुरोध

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १३:५४
प्रधानमन्त्रीलाई बालेन शाहसँग तत्काल वार्ता गर्न गगन थापाको अनुरोध

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काठमाडौं–४ बाट निर्वाचित सांसद थापाले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीलाई आग्रह मेरो आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस्’ उनले भने ।

संघीय सरकारले बनाउनुपर्ने कानुन नबनाउँदा र अन्तर तह समन्वय गर्नुपर्ने संयन्त्रहरुलाई सक्रिय नराख्दा स्थानीय तह र प्रदेशहरुले राम्रोसँग काम गर्न नसकेको थापाले बताए ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।