May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

अब झोलाको पनि महानगरले कर लिने

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १६:३१
अब झोलाको पनि महानगरले कर लिने
  • आर्थिक वर्ष २०८०-८१ को आर्थिक ऐन अनुसार
  • झोलामा गरिने विज्ञापनमा पनि अब कर 
  • वार्षिक १ सय रुपैयाँ प्रतिगोटाका दरले कर लाग्ने
  • विज्ञापन सामग्रीमा प्रतिवर्गफुट ५ सय रुपैयाँका दरले विज्ञापन कर लाग्ने

काठमाडौं ।।

काठमाडौं महानगरपालिका भित्र झोलामा गरिने विज्ञापनमा अब कर लाग्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को आर्थिक ऐन अनुसार झोलामा गरिने विज्ञापनमा वार्षिक १ सय रुपैयाँ प्रतिगोटाका दरले विज्ञापन कर लाग्ने भएको छ । व्यवसाय दर्तासँगै वडामा बुझाउने प्रावधान महानगरपालिकाले ल्याएको छ ।

यसका साथै सार्वजनिक स्थानबाट नदेखिने मल, चलचित्र भवन लगायत व्यावसायिक भवन भित्र विज्ञापन प्रचार प्रसारका लागि राखिएको विज्ञापन सामग्रीमा प्रतिवर्गफुट ५ सय रुपैयाँका दरले विज्ञापन कर लाग्ने भएको छ ।

धातु वा सिमेन्टबाट बनेको अक्षरबाट लेखिएको परिचय पाटीमा समेत अब वार्षिक १ हजार रुपैयाँका दरले विज्ञापन कर लाग्ने भएको छ । परिचय पाटीबाहेकका विज्ञापन सामग्री राख्न महानगरपालिकाले तोकेको स्थानमा मात्र स्वीकृति दिइने भएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट