काठमाडौं ।।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय खारेज निर्णय स्वीर्कान नसकिने बताएको छ ।
‘बजेट वक्तव्य मार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णय उचित नभएको भनेर अर्थमन्त्रीको ध्यानाकर्षण गरायौं ।
तर, अर्थमन्त्रीले सुन्नुभएन,’ मंगलबार प्रतिनिधिसभाकोा बैठकमा एमालेको तर्फबाट बोल्दै एमाले सांसद सूर्य थापाले भने, ‘लोकतन्त्र विरोधी यस किसिमको निर्णय नसच्याए निर्वाचनको निश्पक्षतामा प्रश्न उठ्छ । यस विषयमा सभामुखको रुलिङ चाहिन्छ । खारेज गरेपछि मात्रै सदनको कामकारबाही अगाडि बढ्छ ।’